काठमाडाैं, वैशाख ८ : सरकारल" />
राहत पाउनु भएन ? यसमा कल गर्नुहाेस
सोमबार, बैशाख ०८, २०७७ मा प्रकाशित

काठमाडाैं, वैशाख ८ : सरकारले राहत पाउन नसकेका विपन्न नागरिकहरुका बारेमा सूचना लिन सातै प्रदेशमा फोकल अधिकारी तोकेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आईतवार सूचना जारी गर्दै सबै प्रदेशमा फोकल अधिकारी तोकिएको जानकारी दिएको हो ।

लकडाउनको अवधिमा नागरिकहरुले राहत प्राप्त गर्न नसकेको भए स्थानीय तहहरुसंग समन्वय र सहजिकरण गर्ने उद्धेश्यले उनीहरुलाई जिम्मेवारी तोकिएको मन्त्रालयद्वारा जारी सूचनामा उल्लेख छ ।

‘राहत पाउन नसकेका उल्लेखित वर्गका व्यक्तिहरुले सम्पर्क गर्न हुन तथा आ–आफ्नो टोल, छिमेक र सम्पर्कमा रहेका पहुँच नभएका यस्ता व्यक्तिहरुका बारेमा एसएमएसमार्फत सम्पर्क गराई सहयोग गर्नु हुन मन्त्रालय सम्पूर्ण राजनीतिकर्मी, बुद्धिजीवी, पेशाविद्, संचारकर्मी, नागरिक समाजलगायत सम्पूर्ण महानुभावहरुलाई हार्दिक अनुरोध गर्दछ’ सूचनामा भनिएको छ ।

फेकल अधिकारीका रुपमा उपसचिवहरु क्रमश: प्रदेश–१ मा प्रल्हादकार्की, प्रदेश– २ मा ऋषीराज आचार्य, बागमती प्रदेशमा अच्युत रेग्मी, गण्डकी प्रदेशमा बाबुराम भुषाल, प्रदेश– ५ मा डिलाराम पन्थी, कर्णाली प्रदेशमा रामप्रसाद वाग्ले तथा सुदूरपश्चिम प्रदेशमा रेशमलाल कँडेल तोकिएका छन् ।

हेर्नुहोस् फोकल अधिकारीहरुको सम्पर्क नम्बर

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय