बौद्धमा दैनिक दुई सय जनालाई निःशुल्क खाना
शुक्रबार, बैशाख १२, २०७७ मा प्रकाशित

डुक्पा छिरिङ मोक्तान

काठमाडौं, वैशाख १२

काठमाडौं महानगरपालीका वडा नं ६ बौद्धमा लकडाउनको बेलामा दैनिक दुई सय जनलाई मजदर तथा सावसधरणलाई निःशुल्क खाना खुवाइएको छ । बौद्धको तामाङ भवनमा राखेर दाल, भात, तरकारी र अचार सहितको खाना खुवाइएको छ । पहिलो दिन देखि नै दैनिक दुई सय भन्दा बढी सावसाधरण तथा मजदुरलाई खाना खुवाउँदै आएको सामाज सेवी बौद्धका चन्द्रजित मोक्ताले बताए ।

उनका अनुसार विगत पाँच दिन देखि सोहि ठाउँमा विहान एक चोटी खाना खुवाउँदै आएको छ । उनले भने, ‘विभिन्न संघ, संस्था तथा व्यक्तिको सहयोगमा आफुले खाना खुवाएको हो । हाम्रो वडामा बस्ने कोही पनि श्रमजीवी मजदुरले भोकै बस्नु पर्दैैन । आर्थिक अभावलेको कारण बिचल्ली भएकालाई खान दिनएको हो । लकडाउनको अवधिभर विहान खाना खुवाउनल उनले बताए ।’

हिरामाया स्याङतानको चार जनाको परिवार छ । छोरा एक जना र छोरी तीन जना । लकडाउनले गर्दा सबै काम बन्द भए पछि आफु दैनिकी चलाउन गाह्रो भएको बताए । उनी यस अघि मजदुर गर्दै आएको थियो । तर छोरा छोलेले भने उनलाई जे जस्तो भए पनि आफ्नै कोठमा बसेर खान आग्रह गरेका थिए । उनले भने, ‘म एक्लै आएको छु । उनी सुरुका दिन देखि खान खान आउने गरेको बताए । उनले यस्तो समयमा खाना खुवाउनु भएकोमा धन्यवाद दिएका थिए ।

त्यस्तै दिलिप तामाङ पनि शुरुका दिन देखि खान खादै आएको बताए । उनी आफ्नो दाईसँग सुरुका दिन देखि खाना खान आउने गरेको उनले सुनाए । उनी पनि काठमाडौंमा मजदुरी गरेर दैनिकी चलाउँदै आएको थियो । कोरोना भाइसरको लकडाउनको बेलामा गाउँ जान नपाएकाले आफु विच्लली भएको बताए ।

बौद्ध वडां नं ६ मा बस्ने स्थानीय चन्द्रमाया लामाले नगद १० हजार सहयोग गरेका छन् । याहाँको मान्छेकाहरु दैनिकी चालाउन गाह्रो हुनेहरुलाई खाना खुवाउनको लागि आफुले सहयोग गरेको बताए । बिहान कमाएर बेलुका खानमा समस्या गर्ने हरुबढी छन् ।

उनले भने, ‘उनीहरुले काम गर्न नपाए पछि खान पाएनन् त त्यै भएर चन्द्रजित मोक्ताले यसरी निःशुल्क खाना खुवाउने थाप पाए पछि आफुले सहयोग गरेको हुँ । एक जना मान्छे अगाढी बढ्ने मान्छे छैने भने अरुलाई पनि गर्न पाउँने ठाउँ हुदैन ।’ उनले यस अघि पनि धेरै ठाउँमा सहयोग गर्दै आएको बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय