सडकका कुकुरलाई मासुभात
शुक्रबार, बैशाख १२, २०७७ मा प्रकाशित

भद्रपुर,वैशाख १२ : बन्दाबन्दीको एक महिना बित्दै गर्दा मान्छेसँग आश्रित कुकुर पनि भोकभोकै छन् । होटलको जुठेल्नो र फोहरको थुप्रो उधिनेर पेट भर्दै आएका सहर र बजारतिर सुमदायमा बस्ने त्यस्ता कुकुरको अवस्थाप्रति कसैको ध्यान गएको छैन ।

नेपाल पूर्वप्रहरी सङ्गठन भद्रपुर नगर समिति र नेपाल गौँ संरक्षण समिति झापाले भद्रपुर नगरपालिका क्षेत्रका चोकचोकमा आज १५० भन्दा बढी सामुदायिक कुकुरलाई खोजीखोजी मासुभात खुवाउने कार्य गरेको छ ।

बन्दाबन्दीको अवस्थामा खान नपाएर भौतारिँदै सडकमा हिँड्ने कुकुरलाई सडकमै मासुभात खुवाउन पाउँदा आनन्द लागेको गौँ संरक्षण समितिका अध्यक्ष दुर्गाप्रसाद पाठकले बताए । उनका अनुसार होटल, रेस्टुराँ र मासु पसल बन्द भएसँगै सडकका कुकुर भोकले भौतारिँदै हिँड्ने गरेका वडा नं ७, ८ र १० का कुकुरलाई मासुभात खुवाउन दुवै संस्थाले आफ्नै स्रोतबाट खर्च गरेका छन् ।

पृथ्वीका सबै प्राणीले बाँच्न पाउनुपर्छ भन्ने भावनाका साथ समुदायमा बस्ने कुकुरलाई दाता भेटेमा बन्दाबन्दीभरि खानेकुराको व्यवस्था गरिने योजना भएको नेपाल पूर्वप्रहरी सङ्गठनका अध्यक्ष सरोज कार्कीले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय