गुलरिया मालपोतमा खड्का नयाँ कार्यालय प्रमुख
सोमबार, बैशाख २४, २०८१ मा प्रकाशित

बर्दिया,बैशाख २४(फरकसमाचार)/ भुमिसुधार तथा मालपोत कार्यालय गुलरियामा नयाँ कार्यालय प्रमुखको जिम्मेवारीमा कृष्ण बहादुर खड्का आएका छन् । विभागले उपसचिव खड्कालाई मालपोत कार्यालय गुलरियाको कार्यालय प्रमुखको जिम्मेवारीमा पठाएको छ । मालपोत कार्यालय प्रमुखको जिम्मेवारी गत बिहीबार देखि सम्हालेको खड्काले बताए ।

‘उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गत वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागमा कार्यरत थिए,’ कार्यालय प्रमुख खड्काले भने,‘विभागले कार्यालय प्रमुखको जिम्मेवारी दिएर पठाएको छ ।’

मालपोत कार्यालय गुलरियामा धेरै कुराको अभाव छ । ‘भर्खरै प्रमुखको जिम्मेवारी सम्हालेको छु, बुझ्दै छु,’ खड्काले भने,‘मालपोतका सामान पुराना छन्, श्रेस्ता कमजोर छ,कतिपय श्रेस्ता जलेका छन् ।’ मालपोत कार्यालयको सेवा प्रभावकारी बनाउन सबै कर्मचारी साथीहरुसंग छलफल गरि अघि बढ्ने योजना रहेको नयाँ कार्यालय प्रमुख खड्काले सुनाए ।

गत फागुन १६ गते मालपोत कार्यालयका कार्यालय प्रमुख मदन घिमिरे सरुवा भएपछि विभागले अर्को कार्यालय प्रमुख पठाउन ढिलो गर्दा करिब एक महिना कार्यालय प्रमुख बिहीन रहेको थियो । त्यस अवधिमा मुद्दा फाँट र आर्थिक कामकाज ठप्प भएको थियो । लामो समय कामकाज रोकिदाँ मालपोत कार्यालयका नायब सुब्बा गोर्ख बहादुर खड्कालाई कार्यालय प्रमुख तोकिएको थियो । बिभिन्न बहानामा कर्मचारीले सेवाग्राहीले दुःख दिने गरेको कार्यालयका कर्मचारी माथी आरोप छ । कर्मचारीले डे«स नलगाएर बिचौलियको भूमिका देखिने गरेको कार्यालयका कर्मचारीलाई लागेको अर्को आरोप हो । बिचौलियाको कार्यालय भित्रसम्म पहुँचमा बस्दा सेवाग्राहीले बिभिन्न बहानामा रकम माग्ने गरेको समेत आरोप छ ।

एक साता अघि बर्दियाका प्रजिअ बेद प्रसाद खरेलले गुनासोको आधारमा अनुगमनमा निस्कदा कर्मचारीको लापरबाही, कर्मचारीको कार्यकक्षमा फोहर हँुदा समेत वेवास्ता गर्ने गरेको, अधिकांश कर्मचारी गयल देखिएको खुलासा भएको थियो । फाँटमा लामो समय एउटै कर्मचारी समय बस्दा पनि मालपोतलका कर्मचारीले दिने सेवामा सेवाग्राहीको व्याप्त असुन्तुष्टि थियो ।

एउटै फाँटमा बस्ने कर्मचारीको बिचौलियको सेटिङमा हुने भएकाले मालपोत कार्यालयमा सेवा लिन पुग्ने सेवाग्राहीले अतिरिक्त रकम असुली हुने गरेको खुलेको छ । लामो समय प्रमुख बिहिन बनेको मालपोतका कार्यालयमा दरबन्दि अनुसार प्रमुख खटाएकाले मालपोतले दिने सेवा चुस्त, दुरुस्त र सहज हुनेमा सेवाग्राही विश्वस्त छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय