लायन्स क्लबको नेतृत्वमा सेनिटाइजर हस्तान्तरण
शनिबार, बैशाख २०, २०७७ मा प्रकाशित

भोजपुर, वैशाख २० : लायन्स क्लब अफ काठमाडौँ युनाइटेड फ्रेन्ड्सको नयाँ निर्वाचित कार्यसमितिको अध्यक्ष दिपक थापा भएका छन् । सामाजिक सेवामा समर्पित थापा सन् २०२०/२१ वर्षका लागि सो क्लबको अध्यक्ष बनेका हुन्।

विश्वव्यापी महामारीका रुपमा फैलिरहेको कोरोना भाइरस ( कोभिड १९) को नियन्त्रणका लागि सामाजिक कार्यमा सक्रीय हुँदै आएको लायन्स क्लब अफ काठमाडौँ युनाइटेड फ्रेन्ड्स्को संयुक्त पहल र वैदेशिक रोजगारीको सिलसिलामा हाल मलेसियामा रहेका अनिल राईको आर्थिक सहयोगमा भोजपुर जिल्लास्थित अरुण गाउँपालिकाको ७ नम्बर वडालाई २२१ थान सेनिटाइजर क्लबका नवनिर्वाचित अध्यक्ष थापाको नेतृत्वमा हस्तान्तरण गरिएको हो ।

सेनिटाइजर हस्तान्तरण गर्दै क्लबका अध्यक्ष थापाले आफू जहाँ र जुनसुकै ठाउँमा भएपनी सधैं जनताका हरेक सुख दुखमा साथ दिँदै सामाजिक सेवामा समर्पित रहने बताए। उनले विश्वव्यापी रुपमा कोरोना महामारी फैलिएको भन्दै सो महामारीबाट बच्न सरकारले गरेको लकडाउनको पूर्ण पालना गर्दै आफू पनि बच्न र अरुलाई पनि बचाउन सबै लागि पर्नुपर्ने बताए।

उक्त सहयोग कार्यक्रम सोही वडा र नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा भोजपुरद्वारा सञ्चालित CBDRR को समन्वयमा सम्पन्न गरिएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय