भदौ २२ । भारतको ब्याङलोरमा दोस्रो पटक कोरोना संक्रमण भएका व्यक्ति फेला परेका छन् । एक निजी अस्पतालले दोस्रो पटक संक्रमित व्यक्ति फेला पारेको दावी गरेको बीबीसीले जनाएको छ । उक्त अस्पतालले २६ वर्षीया ति महिलालाई पहिलो पटक जुलाईमा संक्रमण देखिएको बताएको छ ।
यस बीचमा ति महिलालाई कुनै स्वास्थ्य समस्या नभएको बताइएको छ । एक महिनापछि उनलाई २४ अगस्टमा पुनः कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि अस्पताल ल्याइएको थियो ।
फोर्टिस अस्पतालका संक्रामक रोग विभागका सल्लाहकार डा. प्रतीक पाटिलका अनुसार ति महिलाको पहिला ¥यापिड टेष्ट र पछि पीसीआर टेष्ट गरिएको थियो । दुवै परीक्षणमा उनको रिपोर्ट पोजेटिभ आएको छ । उनको एन्टिबडी टेस्ट नेगेटिभ आएपछि उनी दोस्रो पटक संक्रमित भएको अनुमान गरिएको उनले बताए ।
दोस्रो भाइरस एक दोस्रोसँग कति फरक छ भन्नेबारे आनुवांशिक विश्लेषण गरिने डा. पाटिलले बताएका छन् । एक पटक संक्रमण मुक्त भएपछि पनि लापरबाही गर्न नहुने कुरा यो घटनाबाट देखिएको उनले बताए । मास्क लगाउन र सरसफाईमा ध्यान दिनु पर्ने उनले बताए । एजेन्सी
सोमबार, भदौ २२, २०७७
मा प्रकाशित
0
Shares
ताजा समाचार
लोकप्रिय
© 2025, All rights reserved to Farak Samachar // Website By Lumbini Host