मङ्गलबार, भदौ २३, २०७७ मा प्रकाशित

 

 

लामो समय कारोना कहरले अस्तव्यस्त भईरहेको बेला बर्दिया जिल्लाको स्थानीय तह मध्य एक मात्र बढैयाताल गाउँपालिका हो जसले कोरोना कालमा विकास निर्माण प्रभावित नगरि बिकासका कामलाई निरन्तरता दियो ।फलस्वरुपः बढैयाताल गाउँपालिकाले विकासको लक्ष्य चुम्यो । सडक निर्माण तीब्र गतिमा बढ्दा गाउँपालिकामा भित्र पर्ने गाउँ र शहरमा भएको विकासले त्यस क्षेत्र मुहार फेर्न थालेको आभास हुन्छ । कोरोना कालको संक्रमण अबस्थामा अग्रभाग खटिएर चुनौतीसँगै जुध्दै केहि राम्रा कामका प्रयास भएको सन्र्दभमा फरकसमाचारका संबाददाताले संक्षेपमा बढैयाताल गाउँपाकिाका अध्यक्ष लाल बहादुर श्रेष्ठसँग गरेको कुराकानी ।
बढैयातालमा नमुना योग्य के काम भयो त ? के काम हुदैछ

बढैयातालले अगामाी योजना बनाएर अघि बढेको अबस्थामा अहिले छ । योजना अनुसार काम गर्दे जाँदा त्यसको छनक गाउँपालिका भित्र देखिन थालेको छ । सबै वडामा पक्की सडक पु¥याउँने योजना अनुरुप अर्को वर्ष सम्म सबै वडामा पक्की सडक पुग्छ ।उद्योग विकासका लागि हामीले साना उद्योग र ठूला उद्योगलाई प्रहोत्साहन गरेका छौ । त्यसले गर्दा यँहाका उद्योगीले त्यस्ता कुराबाट फाईदा लिईरहनु भएको छ ।पर्यटन क्षेत्रमा बढवा दिएका छौ । पश्चिम क्षेत्रको सीमासार क्षेत्र बढैयातालमा पर्यटकका आर्कषण गर्न राम्रा काम भएका छन् ।त्यसले पर्यटक भित्राएर पक्कै रिजल्ट दिनेमा हामी आशावादी छौ ।

कृषिको हब भन्छन बढैयाताललाई कुरा के हो ?

बढैयाताल कृषि क्षेत्रको हब भन्दा फरक पर्देन । किन त्यस्तो भन्न सक्छौ भने बढैयाताल माछा पालनको पकेट क्षेत्र हो । माछामा आत्मनिर्भर भएर मुलुकका अन्य जिल्लामा यहाँको माछा पुग्छ । गाउँपालिकाले पनि माछा पालनको पकेट क्षेत्रलाई बिशेष पकेट क्षेत्रको विकास गर्ने उदेश्यले लागेको छ । जसले देश भित्रमा नै बढैयाताल गाउँपालिका माछा पालनको बिशेष पकेट क्षेत्र भित्र पर्दछ । पकेट क्षेत्रका किसानको बिकासका लागी किसानको पक्षमा एकलौटी निर्णय गर्दे आएको छ । यस्तै,दुधले पनि गाउँपालिका आत्म निर्भर छ । यँहा उत्पादन भएको दुध पोखरा र नेपालगंज सम्म पुग्ने गरेको छ । अधिकांश किसानको बाहुल्य रहेकाले गाउँपालिका भएकाले भावि रणनिति बनाएर किसानको बिकास हुने सेक्टरमा निती बनाएर कार्यान्वयन गर्ने पक्षमा लागिरहेको छ ।

चार लेनको सडक बन्ने हल्ला थियो । त्यो कुरा कहाँ सम्म पुग्यो ?

चार लेनको सडक संघिय योजना हो । गाउँपालिकाले माग गरिसकेको छ ।चारलेन सडक मुख्य क्षेत्रमा बन्नेछ ।जसले गाउँपालिकाको मुहार फेर्नेछ । गाउँपालिकाले बजेट मागेर पनि संघिय सरकारले बिनियिोजित भईसकेको छ । मुख्य क्षेत्रमा बन्न थालको सडक सकेसम्म छिटो सम्पन्न गर्ने उदेश्यले हामीले घचघचाई रहेका छौ ।यस्तै प्रदेश सरकारले हामीलाई कबिर ५ देखि ६ करोड सम्म बर्षमा दिने गरेको छ ।
सीमावर्ती गाउँपालिका कोरोना संक्रमण नियन्त्रण गर्ने कठिन काम हो । कोरोनालाई कसरी व्यबस्थापन गर्नु भयो ?
कोरोनाका व्यबस्थापनमा धेरै अफ्ठ्या र चुनौती व्यहोर्न प¥यो । जनताको जिउ धनको सुरक्षा गर्न हामीलाई सकस भयो । हाम्रो जिम्मेवारी भित्र भएका जस्तो सुकै काम पनि आलस्य होईन सक्रियता साथ ग¥र्यो । ईच्छा शक्तिले गरेको काम सफल हुदा आत्म सन्तुष्टि मिलेकोे छ । कोरोना कहरको व्यबस्थापन करिब करिब भईसक्यो भन्दा फरक पर्देन ।त्यतिबेला नेपाल भारतको सीमामा ६८ जना गाउँपालिकाले स्वयमसेवक परिचालन गरेको थियो ।त्यससँगै हाम्रो अनुरोधमा नेपाल र सशस्त्र प्रहरी पनि परिचालित भए । भारतबाट नेपाल फर्केका १ हजार ५ सय लाई राख्न १६ वटा क्वारेन्टिन व्यबस्था गरेका थियौं ।१५ सय जना क्वारेन्टिनमा बसेको रेर्कड छ । ८० जना कोरोना पोजिटिभ देखिए । मैनापोखर स्थित क्याप्पसमा आईसोलेसनमा बसेकाको सफल उपचार भयो ।अब दुई जना मात्र बाँकी हुनुहुन्छ ।
स्वास्थ्य क्षेत्रको अबस्था के छ गाउँपालिका भित्र ?
स्वास्थ्य क्षेत्रमा उदाहरणिय काम गर्न सफल भएका छौ । सबै वडा कार्यालयमा ल्याब सहितको सुबिधा सम्पन्न स्वास्थ्य चौकि छन् ।सोरहवा स्थित प्राथामिक स्वास्थ्य केन्द्रलाई अस्पताल विकास गर्न खोजेको छौ । त्यसका लागि स्रोत साधन र सक्षम जनशक्ति व्यबस्थापन गरिरहेका छौ । २४ औ घन्टा बर्थिङ सेन्टर संचालनमा ल्याएका छौ । जसले धेरे कुराको जोखिम र बाध्यता टरेको छ ।जमुनी कालिकार र सोरहवाका बर्थिङ सेन्टर संचालनमा छ । सरकारले स्वास्थ्य चौकीले ३८ वटा र केन्द्रले ५८ किसिमका औषधि निशुल्क वितरण गर्दे आएपनि चौकिमै ५८ किसिमका औषधि बितरण व्यबस्था मिलााएका छौ ।
गाउँपालिका शिक्षकले के गर्दे छन त ?
नयाँ योजना बनाएर फुर्सदमा रहेका शिक्षकलाई काम दिन थालेका छौ । सामान्य अबस्थामा बिद्यार्थी बिद्यालय आउथे । यतिबेला स्वास्थ्य मापदण्ड अपनाएर शिक्षक बिद्यार्थीको घर सम्म जाने व्यबस्था गर्न थालेका छौ । शिक्षक जाने प्रश्न दिने र होमवर्कको जाँच गर्ने व्यबस्थाका लागि गाउँपालिकाले गृह कार्य गरिरहेको छ ।लामो समय अध्यन अबरुद्ध हुँदा बिद्यार्थी कसरी हित गर्ने भन्ने हाम्रो ध्यय हो ।

प्रतिक्रिया

सम्बन्धित खवर