सोमबार, भदौ २९, २०७७ मा प्रकाशित

भदौ २९(फरकसमाचार) १ लाख रुपैयाँको लागि कोरोना बीमा गरेकाले अब २५ हजार रुपैयाँ मात्रै पाउने भएका छन्।

व्यक्तिगत रुपमा ६ सय रुपैयाँ शुल्क र पारिवारिक रुपमा ३ सय रुपैयाँ शुल्क बुझाएर १ लाखको बीमा गर्नेले अब कोरोना पुष्टिपछि २५ हजार रुपैयाँ नगद पाउने छन्।

बीमा समितिका सूचना अधिकृत निर्मल अधिकारीका अनुसार ५० हजारको बीमा गर्नेले पनि कोरोना पुष्टिपछि २५ प्रतिशत मात्रै अर्थात १२ हजार ५ सय पाउने छन्।

भदौ २९(फरकसमाचार)आजदेखि लागू हुनेगरी कोरोना बीमाको मापदण्ड संशोधन गर्दै समितिले कोरोना पुष्टिपछि २५ हजार रुपैयाँ र त्यसपछि औषधि उपचारका लागि हुने खर्च बिल भर्पाईका आधारमा मात्रै दिने भएको हो।

‘पिसिआर पोजेटिभ रिपोर्ट आउनेवित्तिकै २५ प्रतिशत भुक्तानी दिइन्छ, बाँकी ७५ प्रतिशतसम्म रकम औषधि उपचारमा भएको खर्चको बिल बराबरको भुक्तानी दिइनेछ’ अधिकारीले सेतोपाटीसँग भने।

तर संक्रमित घरमा वा होटलमा बसेको वा खाना खाएको खर्चको बिल भने भुक्तानी नहुने समितिले जनाएको छ।

भदौ २८ अघि जारी गरिएका बीमा लेखमा भने पुरानै व्यवस्था लागू हुने छ। अर्थात सो मितिअघि बीमा गरेकालाई पिसिआर पोजेटिभपछि पूर्ण रकम (१ लाख वा ५० हजार) नै भुक्तानी हुनेछ।

बीमा गर्नेहरुको संख्या उच्च भएपछि समितिले आफ्नो मापदण्ड संशोधन गरेको हो। समितिका अनुसार हालसम्म करिब ४ सय जनाले काेराेना बीमाकाे भुक्तानी लिएका छन् भने १२ सयले क्षतिपूर्तिका लागि दावी गर्दै बीमा कम्पनीहरुमा निवेदन दिएका छन्। स्रोत सेतोपाटी अनलाईन

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय