सिडिओको नेतृत्वमा बर्दियाका क्रसर उद्योग अनुगमन
शनिबार, असोज १७, २०७७ मा प्रकाशित

बेद प्रकाश गुप्ता

असोज १७, बर्दिया । जिल्लामा संचालन भएका क्रसर उद्योग जिल्लाका उच्चस्तरिय टोलीले अनुगमन गरेको छ ।

प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारी, समन्वय समितिका अध्यक्ष शंकर थारु, नेपाल प्रहरीका उपरीक्षक केदार रजौरे, सशस्त्र प्रहरीका उपरीक्षक एनबि रावत तथा घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख लगायतको टोली बगनाहा, मधुवन, राजापुर र बारबर्दिया नगरपालिका भित्र संचालन भएका क्रसर उद्योगको अनुगमन गरेको हो ।

मधुवन नगरपालिकाको बाह्रनम्बरमा संचालित नूरी क्रसर उद्योग नचलाएको भनिए पनि त्यहाँ मौजदात भएको क्रसर गिटि अनुगमन समितिले फेला पारेको छ । मापदण्ड बिपरीत संचालन उद्योगलाई कारबाहीको दायरामा ल्याउँने अनुगमन समितिको निस्कर्ष छ ।

प्रतिक्रिया

सम्बन्धित खवर