कोरोना सक्रमित हुँदा पनि नजिकका साथी भाईहरुको चिन्ता लाईरह्यो…..
शनिबार, असोज १७, २०७७ मा प्रकाशित

शब्द: साबित्रा थापा
ठाकुरद्धारा (बर्दिया)
मिति २०७७ भदौ २१ गते मलाई विसन्चो भएको दिन हो । त्यति बेला मलाई टाउको दुख्ने,नाक बन्द हुने,शरीर अति दुख्ने,ज्वरो आउने र निन्द्रा नलाग्ने हुँदा अति गाह्रो भईररहेको थियो । चेकअपका लागि नजिकैको ठाकुरबाबा मेडिकलमा टाईफाई र मलेरिया टेष्ट परीक्षण गर्दा टाईफाईड देखायो । टाईफाईडको पाँच वटा सुई लगाउन चिकित्सकले सुझाव दिए । पाँच दिन सम्म आफै गाडी चलाएर सुई लगाउन स्वास्थ्य चौकी पुगे । मसँगै साधै नातिनि र छोरी साथमा जान्थे ।
भदौ २२ गते पिसिआर परीक्षणका लागि स्वाव दिए । नतिजा २७ गते आयो । पिसिआर को रिपोर्ट कुर्दा कुर्दै छ दिन बित्यो । स्वाव दिएको छ दिन मलाई छ महिना लागेको अनुभव भयो । म बिस्तारै सामान्य अवस्था आउँदा मलाई कोरोना संक्रमण देखिएको हो । पिसिआर परीक्षणको नतीजा समयमा नआउँदा र टाईपाmईड देखिएकाले साथिहरु संग नजिक भए । टाईफाईड देखिएकाले कोरोना संक्रमण देखिन्छ भन्ने मलाई लागेको थिएन । मेरो स्वास्थ्य अवस्था सामान्य भईसकेकाले मेरो क्लोज कन्ट्याक्टकामा रहनु भएका साथीहरुको मलाई चिन्ता लाग्यो । मेरो कारणले उँहाहरुलाई कोरोना दिखिएला भन्ने चिन्ताले रात दिन मलाई छोडेन ।
मैले एक हप्ता देखि मेरा साथीभाई जो सँग नजिक थिए । उहाँहरुलाई पिसिआ परीक्षण गर्न फेसबुक वालमा र फोन मार्फत आह्वान गरे । कतिले त पिसिआर टेष्ट गरेपछि किन बाहिर हिँडने भनेर अनेक थरि कुराहरु गरेको मलाई सुनाए । तर मलाई टाईफाईडको सुई लगाउनु थियो म बाहिर जाने पर्ने बाध्यता थिए म ।समस्या माथी अmभैm समस्या थप्ने सामाजिक मनोबृत्रि बुझेकाले मैले सामान्य रुपमा लिए ।
एकदिन भने गाडिको तेल सकियो र टाईफाईडको सुई लगाउनै पर्ने बाटोमा एक जना भाईले म पुगाई दिनु भएको थियो । मैल ईन्कार गर्दा गर्दे स्वास्थय चौकिमा छाडिदिनु भएको थियो भाईले मलाई । मलाई कोरोना पोजिटिभ पुष्टि भयो । म लाई सहयाग गर्ने भाईको पिसीआर नतिजा नेगेटिभ आओस भनेर भगवा पुकारी रहे । मसँग भगवा पुर्कानुको विकल्प नै के थियो र ?
म संग नजिक हुनु भयका कसैको पनि रिपोर्ट पोजेटिभ नआउँदा त्यो दिन म थारै भए पनि सन्तोष भए । मेरो परिवारका सदस्य पनि कोरोना संक्रमण देखिएन ।
त्यति बेला १ जना बहिनीलाई कोरोना पोजिटिभ देखिएको थियो । हाल म स्वस्थ छु कुनै समस्या छैन ।
सुभचिन्तकहरुको फोनआउदा कुरा गर्दा म झन थकित हुन्थे त्यतिबेला । धेरै जनाको फोन उठाउँन सकेन । सायद दुःख मान्नु भयो होला त्यस्को लागि माफी माग्छु ।
म कति पनि आतिएकि थिईन । सुभचिन्तकको माया पाए । सदभाव पाए । म ढुक्कसँग कोरोनासँग लडे । कोरोनाको संक्रमित हुनु कुनै अपाध होईन । समाजले कोरोना संक्रमितलाई अपराध गरेको जस्तो व्यबहार नर्गन सुझाव पनि दिन्छु । घरपरिवार र शुभचिन्तकको साथ र स्वस्थ खाने कुरा नै कोरोना जित्ने औषधि हो जस्तो लाग्यो मलाई । कोरोनासँगको लडाईमा साथीभाईको माया र सदभाव यति पाए कि मैले त्यो गुन कसैको तिर्न सक्दैन ।त्यसकारण म ढुक्क थिए, मैले कोरोना जिते । दिन बित्दै जाँदा फोन गर्ने र रुने आफन्तिलाई मैले नै सम्झाउने सुरु गरे ।२१ दिन आईसोलेसनमा बस्दा परिवाको माया, उच्च मनोबलका साथ पाएर र स्वस्थ खानपिन कोरोना मुक्त भएको अनुभव गरे ।
अन्ततः २१ दिनको घरको आइसोलेसनपछि कोरोनामुक्त भएको छु । कोरोनाले शारीरिक रूपमा खासै अस्वस्थ नबनाए पनि मानसिक तनाव भने निकै दियो । सधै मसँग हिँडेका साथी भाई चिन्ता गरिरहे । साथीभाई र छरछिमेकको व्यबहार मेरो मनोवल उच्च राख्न काम गरेको हो । अहिले म नियमित काममा फर्किसकेका छु । तैपनि मैले उच्च मनोबलका साथ यसलाई परास्त गर्न सफल भएँको अनुभव मसँग छ । कोरोनाविरूद्वको लडाइँमा मलाई हरक्षण सकारात्मक उर्जा दिने जीवनसाथी रामाजी थापा,छोरी,छोरा,वुहारीलाई विशेष धन्यवाद ! आदरर्णिय दाजु रमेश कुमार थापा र नविन कुमार थापाको मायाले अझै मेरो हौसला बढ्यो ।
अन्त्यमाः कोरोना भइहालेमा आत्मबल बलियो पारौं, चिकित्सकको सल्लाहअनुसार खानपिन र व्यवहार गरौं ! त्यसभन्दा अघि कोरोना हुन नदिन उच्च सतर्कता अपनाऔं ।

 

प्रतिक्रिया

सम्बन्धित खवर