प्रसूति गृहमा २८ वर्षिया महिलाले जन्माइन् ५ शिशु
सोमबार, असोज १९, २०७७ मा प्रकाशित

असोज १९, काठमांडौ । परोपकार प्रसूतिगृह थापाथलीमा नुवाकोटकी २८ वर्षिया सोमिका तामाङले  एकै पटक पाँच वटा शिशुलाई जन्म दिएकी छन्। सोमबार बिहान  उनको शल्यक्रिया गरी पाँच वटा शिशु निकालेको प्रसुति गृहले जनाएको छ।

अस्पतालका स्त्रीरोग विशेषज्ञ तथा शल्यचिकित्सक डा. कृतिपाल सुवेदीको समूहले शल्यक्रिया गरी पाँच वटा शिशुहरु निकालेका हुन्। पाँच मध्येमा एक जनाको पेटमै मृत्यु भएको र बाँकी चार जना जीवित रहेको अस्पतालले जनाएको छ। चारै वटै शिशुलाई स्वास्थ्य निगरानीको लागि अस्पतालको एनआइसियुमा राखिएको डा.सुवेदीले सोमबार नागरिकलाई जानकारी दिए।

डा.कृतिपाल सुवेदी, डा.दिप्ती श्रेष्ठ,डा. नमिता सिग्देल, एनेशथेसिया तर्फ डा. मुकेश कुमारको टोलीले तामाङको शल्यक्रिया गरेका थिए। बालरोग बिशेषज्ञ तर्फ डा.श्रद्धा श्रेष्ठ रहेकी छिन्। चिकित्सकका अनुसार चार जना शिशु मध्येमा एउटा १ केजी, दोस्रो एक केजी ८ सय ग्राम, तेस्रोको १ केजी ६ ग्राम र चौथोको ८  ग्राम तौल रहेको छ। दुईदेखि चार जनासम्म शिशुको एकैपटक जन्म हुने गरेको धेरै हुने पाइए पनि एकै पटकमा पाँच शिशुको जन्म हुने कुरा दुर्लभ मानिन्छ। साभार नागरिक दैनिक

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय