बुधबार, असोज २१, २०७७
मा प्रकाशित
0
Shares
२१ असोज, काठमाडौं । आईपीएल क्रिकेटअन्तर्गत मंगलबार अबुधाबीमा भएको खेलमा डिफेन्डिङ च्याम्पियन मुम्बई इन्डियन्सले राजस्थान रोयल्सलाई ५७ रनले हराएको छ । यो जितसँगै मुम्बई अंक तालिकाको शीर्ष स्थानमा पुगेको छ ।
मुम्बईले पहिले ब्याटिङ गर्दै निर्धारित २० ओभरमा चार विकेट गुमाएर १९३ रन बनाएको थियो । १९४ रनको लक्ष्य पछ्याएको राजस्थान १८.१ ओभरमा १३६ रनमा अलआउट भयो ।
बुमराहले २० रन खर्चेर ४ विकेट लिए भने बोल्टले २६ रन खर्चेर २ विकेट लिए । यसैगरी जेम्स प्याटिन्सनले पनि २ विकेट लिँदा १९ रन दिए ।
युएईमा जारी आईपीएलको १३ औं संस्करणमा मुम्बईको यो चौथो जित र राजस्थानको तेस्रो हार हो । साभार अनलाइनखबर