कोरोना संक्रमणको भोगाई
शनिबार, कार्तिक १५, २०७७ मा प्रकाशित

#कोरोना #दैनिकी : यो मेरो निजी अनुभव हो, कोरोनाले के‌ लक्षण देखाउछ भन्ने व्यक्ति अनुसार फरक पर्छ, कसरी व्यवस्थापन गर्ने भन्ने पनि अवस्था अनुसार ‌फरक हुन्छ, मैले यसमा उल्लेख गरेका औषधि हरु चिकित्सक को सल्लाह विना प्रयोग नगर्न अनुरोध गर्दछु। यसलाई सामान्य रूपमा नलिऔ, 1.asymptomatic 2.mild type of symptoms 3. moderate 4. critical symptoms मध्ये म mild symptoms मा पर्छु होला।

स्वास फेर्न गाह्रों भए तुरुन्त अस्पताल जाऔ, sugar, pressure, oxygen समय समयमा हेरौ, जथाभावी antibiotics पटक्कै प्रयोग नगरौ, आयुर्वेदिक औषधिको पनि सावधानी पूर्वक प्रयोग गरौ।

जस्ताको तस्तै २० दिनको दैनिकी पेश गरेको छु यसबाट यो भयावह हो रहेछ भन्ने नवुझिदिनु हुन समेत अनुरोध छ। हामी त ठिक भयौ संक्रमित कसैको ज्यान नजाओस, सबै संक्रमित को शिघ्र स्वास्थ्य लाभको कामना गर्दछु।

Day 1(1st October)

—–++++——++++—

# शरीर २/३ देखि अचाक्ली दुखेको थियो, अघिल्लो रात केही जरूरी प्रतिवेदन तयार गर्नु थियो त्यसैले सुत्दा झण्डै २ बज्यो, कार्यालय पुगे पछि झन अति थकान महसुस भयो, २ वजे तिर कोठामा फर्किए र सुते ५ वजे तिर हनहनी ज्वरो आएको,जीऊ दुखेको थियो, paracetamol 500mg खाए पछि ज्वरो कम भयो ज्वरो १०१ भन्दा माथि थियो रातभरी ज्वरो आयो।मीनाले रेखदेख गरिन भूल के भयो भने कोरोना पटि शंकै गएन थकान र अनिद्रा को कारण भन्ने पर्यो।

Day 2 (2nd October)

—–++++—-+++—-

दोस्रो दिनको‌ पहिलो काम आइसोलेसन मा बस्ने भयो, छुट्टै शौचालय भएको कोठामा म isolate भए, सो दिन पनि दिन भरी fever जिऊ दुख्ने जाडो हुने भै रहयो, दोस्रो दिनबाट गुर्जो पानी, तातोपानी पिउने,भिक्स राखेर पानीको बाफ‌ लिने,अमला आदि खाईयो। सितोपलादि,यष्ठिमधु र मह मिसाएर २ पटक मनतातो पानीमा खाएं, मलाइ घाटि दुखेको थिएन,तर नाकबाट हल्का पानी बग्ने र फेरि छिट्टै सुख्खा हुने भयो।

Day 3

—-++

तेस्रो दिन ज्वरो कम भयो, तर जीउ दुख्ने र कमजोरी भने भै रह्यो। paracetamol र अन्य आयुर्वेदिक औषधि यथावत लिए।स्वासकृया अभ्यास गरे, सामान्य योग आदि ।

Day 4

—-++

आज जीउ एक तमासको भएको छ, टाउको को घेरा वरीपरी र पछाडि पटि भद्दा दुखेको छ। घांटीमा खसखस जस्तो भयो, कमजोरी पनि छ तर खै अर्कै प्रकारको, ज्वरो छैन, बाफ लिने, गुर्जो, कागती पानी बेटाडिन mouth gargle यथावत निरन्तर लिई रहे। आजसम्म खानामा रुचि खासै घटेको छैन।

श्रीमतीजीलाई टाउको दुख्ने,जीऊ दुख्ने र ज्वरो शुरू भएको ले मेरै क्लवमा आजबाट उनी पनि सदस्य भईन।नानी बावुहरू तलै छुट्टै नै रहे।

Day 5

–++–

म संक्रमित भएको मा शंका थिएन Pcr गर्न हिडेर जान सक्ने अवस्थामा थिईन। सरकारी वा निजी सवारी मा जाऊ जानी जानी चालकलाई सार्नुपनि अपराध हुन्छ । सार्वजनिक मा जान झनै धेरै लाई जोखिम हुन्छ। आफ्नो सरकार लाई अनुनय विनय गरे घरबाट ‌परीक्षण हुने सम्भावना रहेन र निजि ल्यावको लाई घरमा नै बोलाएर स्वाव दियौ।२ जनाको ५५००/ लाग्यो बेलुका ८बजे दुवै जनाको report positive नै आयो।

मलाई खास फरक परेन तर मीना लाई यसले मनोवैज्ञानिक रूपमा हतास बनायो,। सांझ मलाई diarrhoeaशुरू भयो।

 

Day 6

–++–

आज fever छैन, headache छैन diarrhoea पनि control छ,छाति वा घांटीमा केहि छैन। खानामा विहान २ वटा उसिनेको अन्डा, उसिनेको कांचो केरा-१, चनाको झोल दिउसो १२/१ बजे खाना तरकारी मुग दाल र फलफूल दैनिक खाएको छ।तर शरीर भने अनौठो कमजोरी को सामना गरिरहेको छ। मनमा नानाथरी कल्पना,आवेग र शुन्यता ले थिच्न खोजेको अनुभुति पनि हुन्छ। तर निरन्तर रमेश प्रसाई,कल्पना दाहालका दोहोरी, सदगुरु र ओशोका प्रशिक्षण सुनेर अनि सामाजिक सञ्जालमा समय वित्दै गयो।

Day 7

–++–

आज विहानै देखि अत्यन्त कमजोरी महसुस भएको छ।खानामा रुचि छैन। भित्र कताकता चस्स सियोले घोचे जस्तो भै रहेको छ। टाउको चडंग चडंग हुन्छ, हराउछ, टाउको भारी छ तल शरिर सारै उडेको जस्तो हल्का भएको छ,छ कि छैन जस्तो अरू केही लक्षण छैन।

शरीरमा हेमोग्लोबिन वा कुनै रक्तकोषिका घटेर पिंध तिर झर्दै गयो कि के भयो यसैले रगत परीक्षण, मुटु फोक्सो को परीक्षण गरांए सबै सामान्य छ। x-ray मा छातिमा हल्का सानो दाग देखियो।तर निमोनिया थिएन। चुकन्दर,र आइरन बढाउने खानाको मात्रा थपियो।

Day 8

–++–

आज आठौ दिन अवस्था सामान्य छ सन्च पनि छैन,तर हिजो भन्दा राम्रो छ। हिजो कमजोरी ले ढलौला जस्तो भको थ्यो तर आज छैन। नियमित नुहाउने,कपडा घाममा सुकाउने घाममा बस्ने, गरिएको नै छ।आठ दिनसम्म सामान्य नै छ यत्तिको।तर डर छ मनमा स्वासकृयामा गार्हो पार्ने पो हो कि,जस्तो लाग्ने । अस्पतालमा बेड छैन, भनेको बेला अक्सिजन नपाईने हो कि गारो भयो भने कहा जाने सरकारले सुन्दैन। यस्तै यस्तै तर्कनाले आज पनि बित्यो।

Day 9

—+++

शुरु का दिन देखि आयुर्वेदिक औषधिको प्रयोग निरन्तर गरेको छ। पानी प्रशस्तै पिएका छौँ।vit D, E, B, zinc tablet खाईराखेका छौ। YouTubeमा ३ दिनमा निको पार्ने औषधी reporters clubमा भनेको सुनियो भान्जा रामराज थापालाई भने जसरी पनि म ल्याउछु भनेर भान्जा दौडधुप मा लाग्नु भएछ औषधी लिएर हरर कुदेर आउनु भयो। चिया, केहि आयुर्वेदिक tablet रहेछ ।सो खान‌ शुरु गरियो।निकै आशावादी पनि भैयो। आज देब्रे छातिमाथि हल्का तर भद्दा दुखेको छ।

Day 10

++–+++

आज दशौ दिन छाति मन्द दुख्ने र हलुका सुख्खा खोकी छ शरीर उति सारो कमजोर पनि छैन तर चंगा र सवल पनि छैन,

निकै भए जस्तो पनि लागि रहेको छ। यसवीचमा माननीय मन्त्रीज्यू हरु, श्रीमान सचिव ज्यूहरू सहसचिव ज्यू सहकर्मी र आफन्त तथा शुभेच्छुक हरु बाट शुभेच्छा प्राप्त भै रहेको छ यसले पनि मनोवल कमजोर भएको छैन।

Day 11

+++—++

११ औ दिन पुरै ठिक भयो जस्तो भयो, स्वाद भने थिएन।छाति पोलेको छ स्वासप्रश्वास मा समस्या छैन। oximeter विज्ञान छोरोले किनेर पठाएको छ oxygen level१५/१५ मिनेट मा हेरेको छु। ९२-९६ छ म स्वस्थ भै सके भन्ने मलाई लागेको छ। तर देब्रे छाति माथि एकनास ले पोलिरहन्छ हल्का छाति बजेको छ भित्र जालो छ कि जस्तो ।

Day 12

आज निकै सन्चो छ, सामाजिक सन्जालमा सकृय छु,रुचिका केहि साहित्य र लेख पढेर दिन बिताइयो। छातिको समस्या भने घरी घरी बल्झिरहेको छ।pseudo भन्ने अंग्रेजी शव्दले छदमरूपी बुझाए जसरी यो रोगमा पनि लक्षण र प्रभावहरू on and off भै रहेको छ।घरी पुरै ठिक भए जस्तो फेरी एकै क्षणमा गारो भै हाल्यो जस्तो ठेगान नै नहुने।

Day 13

१२ औ दिनको जस्तै समस्या यथावत् छ त्यसैले आजबाट डाक्टरसाव संग फोनबाटै सल्लाह गरी cap Doxycycline 100 mg 2 times after meal शुरु गरे। निमोनिया हुने जोखिम पनि कम गर्ने र छाति थप खराव हुन नदिन यो उपाय गरियो।यस बीचमा बाफ लिने, ज्वानो मेथि भुटेर एक चम्चा महमा मिलाएर खाँदा निकै लाभदायी भयो।

Day 14

++–++–

छाति को समस्या निको हुने छाँट छैन। दुखिरहेको छ। बाफ लिएको लिएछु। कमजोरी भै रहेको छ। भित्र खै के भै रहेको छ रसायनिक परिवर्तन भएको जस्तो हुने‌ mood swing hune भै रह्यो।

Day 15

 

आज पनि अवस्था उस्तै छ। अरु केही त छैन तर कमजोरी छ, हिडने साहस छैन जीऊ हल्लिन्छ थर थर खाना रुचि छैन,स्वाद आंशिक छ छाति भारी हुने २० को १९ भ को हो कि जस्तो छ तर पोलिरहेको छ नमिठो संग।

Day 16

आज छाति उस्तो दुखेको छैन। बिसेक हुन्छ जस्तो छ। जति दिन कटदै जान्छन् उति मनोवल बढने रहेछ। आज लक्षण देखिएको १६ औ दिन Pcr repeat गर्न मन लाग्यो, private lab मा गएर स्वाव दिए बेलुका सांझमा report negative आयो।मन ढुक्क भएन, छाति दुख्ने कम भए पनि अनौठौ प्रकारको कमजोरी, हतास र समस्या छदै थियो ढलि हालिन्छ जस्तो। मनोवल बढाउने कुरा आइरहन्थ्यो तर एउटा यस्तो विन्दु म पार भै सकेको थिए कि म अत्यन्तै निष्प्राण हुदै छु जस्तो लाग्थ्यो, कुनै कुरा को हेक्का रहदैन थियो त्यसैले कसैको पर्वाह थिएन।

Day 17

-+-+-+-+-

PCR report negative आएको छ। शरीरमा भने पटक्कै सन्च छैन। कोरोना भए पछि रक्तकोषहरु जम्ने(clotting) हुन सक्छ यसले रक्त सन्चार मा अवरोध भै हृदयघात हुने खतरा रहन्छ भन्ने सुनेको थिएँ केहि अनलाइन भेरिफाइ गरे र चिकित्सक सग परामर्श गरेर ७५ mg को tab ecospirin one time केहि दिन देखि लिईरहेको थिए, cap Doxycycline ले पनि होला छाति आज सफा छ कुनै दुखाई छैन।

सांझ ५ बजे तिर अचानक मलाई असहज भयो उडे जस्तो लडिएला जस्तो भो,blood pressure हेर्न लगाए १५०/११० थियो,(मेरो प्राय ११०/८० हुन्छ) हतार हतार amlod l one tab टोकेर जिब्रो मुनि राखे, मुटु फुत्केर बाहिर जाला जस्तो भा छ, स्वास लिन गारो होला‌ जस्तो भयो oxymeter मा हेरे ९३/९४ थियो। १/२ घण्टा हेर्ने भैयो,झन झन प्रेसर बढेको थियो, गंगालाल अस्पताल हतारमा पुगेर परीक्षण गरी औषधी परिवर्तन गरेपछि सुधार भयो यहि नै कठिन क्षण थियो मेरो लागि।

Day 18

-+-+-+-

आज १८औ दिन blood pressure सामान्य हुदैछ तर, जिऊ हल्लिरहेको जस्तो छदैछ। फेरि नयाँ समस्या ‌देखियो, विहान उठदा दाहिने हात उठन सकेन, देब्रे काछमा(groin) swelling भएर‌ समस्या भयो,सायद blood pressure बढेको ले स साना‌ रक्तनलीहरु फुटे वा स्नायु मा समस्या भएको ले होला वा glands बढी कृयाशील भएको ले हो? Hot water bag ले सेकेपछि केहि ठिक हुदैछ।

Day 19

–++–

१९औं दिन आज ठिकै छ। blood pressure १२०/१३०/९०/१००छ, मानसिक स्वास्थ्य ‌समेत ठिकै छ अरू समस्या छैन, धेरै स्वास्थ्य लाभ गरे जस्तो भएको छ।

Day 20 (20 oct/कार्तिक ४)

-+-+-+-+-+-+-+-+-+-+-+-+-+

आज सामान्य हात दुख्ने बाहेक केही समस्या छैन। खाना रूचि बढेको छ। अव ठिक हुन्छ भन्ने ‌विश्वास लिएको छु।

एकदेव अधिकारीको फेसबुकबाट

प्रतिक्रिया

सम्बन्धित खवर