सोमबार, कार्तिक २४, २०७७
मा प्रकाशित
0
Shares
लन्डन — एस्टन भिल्लाले इंग्लिस प्रिमियर लिगमा आइतबार आर्सनललाई उसकै घरेलु मैदानमा ३–० ले हराएको छ । भिल्लाका लागि ओली वाटकिन्सले दुई गोल गरे ।आर्सनल बुकायो साकाको आत्मघाती गोलले पछाडि परेपछि वाटकिन्सले दुई गोल थपेका हुन् ।
लिगमा प्रभावशाली सुरुआत लिएको भिल्ला पछिल्ला दुई खेलमा लिड्स युनाइटेड र साउथह्याम्पटनसँग पराजित रहेको थियो । अहिले आर्सनललाई हराएरपछि उसको १५ अंक भएको छ ।
लिग तालिकामा लेस्टर सिटी १८ अंकसहित शीर्ष स्थानमा छ । उसले उल्भ्सलाई १–० ले हराएको थियो । लिभरपुल र म्यानचेस्टर सिटीबीचको अर्को खेल १–१ को बराबरीमा टुंगिएपछि लेस्टरको शीर्ष स्थान कायम रहेको हो ।