बाघसँग जम्काभेट,धन्न वाचे !
सोमबार, कार्तिक २४, २०७७ मा प्रकाशित

पाटे बाघसँग जम्का भेट भएका प्रकाश सर्मा सँगको कुराकानीमा आधारित

शब्दः दुर्गा आचार्य

म प्रकाश सर्मा गेरुवा गाउँपालिकाको कार्यालयमा कार्यरत कर्मचारी हो । कार्यालयको कामले बर्दियाको सदरमुकाम गुलरिया आईतवार विहान  गएको थिए । काम सक्काएर दिउँस ४ बजे गेरुवा गाउँपालिका फर्कने क्रममा कोठियाघाट पुल नजिक पुगेको थिए । कोठियाघाट पुलको मोड(मन्दिरको मोड) नजिक त्यतिवेला एक जना व्यक्तिले मेरो फोटो खिच्न लागेको देखे । जंगलमा मेरो तर्फ क्यामरा सोझाएर फोटो खिच्न लागेको देखेपछि मेरो फोटो खिच्ने व्यक्तिको क्यामराले मेरो ध्यान खिच्यो । म बाईकमा सवार थिए ।जव ति व्यक्ति सामु पुगेर पछाडी फर्केर हेर्दा अजंगको ठूलो पाटे बाघ देखे । बाघ म तिर लम्किरहेको थियो ।त्यतिकैमा मोटरसाईकल दौडाएर कोठियाघाट पुलमा पुगे । ती व्यक्ति म सँगै पुलमा भेटिए । मेरो दिमागले पछिल्ला दिनमा घटनाबारेमा सम्झायो । बाघको गास बनेका पाँच जनाको मानिसहरुलाई सम्झे । आज मेरो हालत पनि त्यहि हुने थियो भन्दै,लामो सास फेरे । पुलमा प्रहरी डिउटीमा थिए । बाघ देखेको कुरा सुनाए ।मेरो प्रश्नको जवाफ प्रहरी सहजै फर्काउदै भने,‘हाम्रै चौकी नजिक बाघ थियो,यहाँ बाट भगाएपछि त्यहाँ देखिए होला ।’म आत्तिएको थिए । फोटो खिच्ने ति व्यक्ति सामान्य अवस्थामा थिए । फोटो खिच्ने व्यक्तिले मेरो र बाघको फोटो खिचेका रहेछन । देखाए ।त्यसपछि झन झस्किए ।बाघको समिपमा मेरो फोटो देखेपछि धन्न बाचे जस्तो लाग्यो । कार्यालय पुसगेपछि उक्त फोटो आफ्नो फेसवुक वालमा सेयर गरे । दुई वा तीन मिटरको दुरीमा बाघको फोटो देख्दा साथीभाई,आफन्त र शुभचिन्तकको फोन आईरहेको छ ।

वन्यजन्तु बचाउँन सरकारले बनाएको स्पीड ब्रेकर

दुई महिना भित्रमा अन्तराष्ट्रिय करिडोर नजिक गाउँका पाँच जना व्यक्ति बाघको आहार भएका छन् ।नरभक्छी वाघले पाँच जना मार्दा बाघको अवस्था जानकारी लिन बर्दिया वन डिभिजन कार्यालय बेखबर छ । दुईबालक,एक महिला र दुई जना पुरुषलाई बाघले खाईसकेको छ ।बाघको अवस्थाको बारेमा सरकारले चासो दिन पर्ने हो दिएको छैन । बाघले मान्छे मार्ने सरकार टुलुटुली हेरिरहदा त्यहा वाट हिड्ने सयौ सर्वसाधरणको ज्यानको जोखिम छ ।
देशको लामो पुल कोठियााघाट पुग्न अन्तराष्ट्रिय करिडोर(जैविक मार्ग) भएर जानु पर्छ ।सुदुरपश्चिम प्रबेश द्धारका लागि कोठियाघाटमा पुल निर्माण गरेको उक्त सडकखण्ड चल्तिमा छ । पुल हेर्न पुग्ने र सुदुरपश्चिमको प्रबेशद्धारमा सयौ मानिस असुरक्षित भएर हिडुने पर्ने बाध्यता छ । बाघले मान्छे खाने ठाउँमा हुलाकि सडक आयोजनाले बनाएको स्पिड ब्रकेर सायद देश भरिमा नमुना होला । स्पीड ब्रेकर धेरैले देखे होलान तर त्यस्तो स्पीड ब्रेकर विश्वमा छैन । वन्यजन्तु देखेर बाईक सवार कुनै व्यत्ति भाग्यो भने स्पीड ब्रेकरमा ठोक्किएर दुर्घटना हुदा बन्यजन्तु शिकार बन्ने कुराको दुई मत छैन । त्यस्तो स्पीड ब्रेकर हटाउँन कसैले सक्दैनन । किन भने ठूला बडा हिड्दा ठूला सवारी साधन हिड्छन । एउटा सर्वसाधारण ज्यान गुमाउँदा ठूला बडालाई केहि फरक पर्देन ।त्यस्तो स्पीड ब्रेकर कति सर्वसाधरणको ज्यान लिने जोखिमको कसैलाई वास्ता छैन ।

कस्तो छ स्पीड ब्रेकर

एक फिट अग्लो र चाक्लो स्पीड ब्रेकर छ ।सवारी साधन १० भन्दा बढिमा स्पीडमा स्पीड ब्रकेर क्रस गर्न सकिदैन ।यदि बाघ,हात्ति र गैडाले मान्छे ढुकेरमा बसेमा सहजै मार्न सक्छ । यस्ता कारण सरकारले अघि सारेको संरक्षणको निति कार्यान्वय हुन सक्दैन । सरकारको निकायको गरिरहेको वेवास्ता मानव र वन्यजन्तुको द्धन्द्ध बढेर दिगो संरक्षण हुन सक्दैन । दुबै पक्ष घाटा हुदा सम्बन्धित निकाय किन मौन भएको प्रश्नको जवाफ मागिरहेका छन् । जैविक मार्ग भएकाले बाघ र हात्ती प्रशस्त त्यहा देखिन्छन । चलन चल्तिको बाटो सयौ सर्वसाधण हिड्ने सडक खण्डको हालत यस्तो छ ।हल्का खाले स्पीड ब्रेकर बनाएर वन्यजन्तु र मानिसको सुरक्षा हुने खालको ब्रेकर बनाउँन यात्रुले माग गरेपनि सम्बन्धित निकाय मौन छ ।सरकार कानमा तेल हालेर सुतेको छ ।मानव र वन्यजन्तुको द्धन्द्ध बढाउँन कोहि कसैलाई मतलव नगरेर बनाएको ब्रेकर तत्काल हटाउन स्थानीयले माग गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर