त्रिवि सुरक्षा भर्सेज एसएसपि वास्तोला
शनिबार, मङि्सर ०६, २०७७ मा प्रकाशित

टिप्पणी
मंसिर ६,काठमाडौं
त्रिभुवन विमानस्थलमा अपराधीसँग साठगाठ गर्ने प्रहरी र अपराधीलाई पटकपटक कारबाही भएको छ । यति गर्दागर्दे पनि प्रहरीको संलग्नतामा संबेदनशिल घटना घटेको छरपष्ट भईरहेकै छन् । तस्कर र अपराधीले पहुँच भएकोे विमानस्थल भनिरहदा देशकै आन्तरिक सुरक्षामा कैयौपटक प्रश्न चिन्ह खडा भएको छ । सुरक्षा सुर्धान सक्ने आश लाग्दो अफिसर जिम्मा त्यस ठाउँमा चाहिएको नेपाल सरकारले नै औल्याएको थियो ।
विभिन्न कालखण्डमा त्रिभुवन विमान स्थल सुरक्षा नित्कृष्ट भएको ठहर भयो । त्रिविको सुरक्षा तस्कर र अपराधी पहुँचमा छ भन्ने सुनेका आम मानिसमा विश्वास घट्दै गईरहेको पाईएको छ । नेपालमा रहेको एक मात्र अन्तराष्ट्रिय विमान स्थलमा सुरक्षा छैन भने अन्त कतै सुरक्षाको अनुभुति कसले गर्न सक्छ भन्ने एक किसिमको भ्रम एकाएक फैलिनु कुनै नौलो कुरा होईन ।
पटक पटक त्रिविमा धेरै घटना घटेपनि सुन काण्डले झन सुरक्षा चुनौती फितलो रहेको पुष्टि गरिसकेको छ । त्रिबि सुरक्षाको जिम्मेवारीमा वस्ने अफिसरलाई अगामी दिनमा सफल सुरक्षा रणनिति तय गर्न कम्ता चुनौती छैन होला ? यसै विच पूर्ण विश्वासका साथ नेपाल प्रहरीका उम्दा तथा ‘ईमान’मा नडगमगाएका एसएसपि राजेशनाथ वास्तोलालाई नेपाल सरकारले यतिखेर त्रिविको सुरक्षा जिम्मा दिएको छ ।
अवका दिनमा त्रिविको सुरक्षा चुस्त दुरुस्त हुन्छ ? विगतमा घटेका घटनाले पुनः निरन्तरता पाउने हुन कि भन्ने यति वेला कोतुहुलता छ ।नेपाल सरकारले गरेको यो निर्णय त्रिविको सुरक्षामा वरदान सावित हुने वास्तोलाको सरुवाले विश्वास दिलाएको छ ।

ताजा स्मरणमा एसएसपि वास्तोला

अघिल्लो वर्ष एसपिको कार्यभार सम्हाल्दा वास्तोला जिल्ला प्रहरी कार्यालय,बर्दियामा करिब एक वर्ष कार्यरत रहे । प्रहरीलाई परिचालन गर्ने कार्यकुशलताले विभिन्न अपरेशन सफल बन्दा एकाएक मिडियामा भाईरल भए । उनको सफलताको वेली विस्तार मूल धाररका भारतीय अखवारमा पढ्न सकिन्छ । ठगी धन्धा अन्र्तगग पर्ने ओरियन्स र अबैध तस्करी नियन्त्रण गर्न सक्ने एसपिका रुपमा वास्तोलालाई जिल्लावासी यतिवेला स्मरण गर्छन ।
उनको कामलाई जिल्लावासीको नै सम्मानका साथ हेरे र जहिल्य पनि सुरक्षाको सवालमा प्रहरी एक कदम अघि रहेको विश्वास दिलाउँन उनी सफल भएका थिए । उनलाई जिल्लावासीले भन्ने गर्थे‘नम्र बोली कानुनको अक्षरस पालना गराउँने एसपी साहव,’ । यत्तिमै उनको सम्मान रोकिएन । बर्दिया जिल्लामा रहदा नेपाल भारतको अबैध निकासी रोक्न चुनौती नै थियो । आफ्नो नेतृत्वमा कडा मिहिनेत र ईमानमा नडमगाएका उनले अवैध निकासी रोक्दा साढे तीन करोड राजश्व संकलनले ईतिहास रच्यो ।
जसले अबैध निकासी रोक्न सक्ने सफल अफिसरको सम्मान पनि जिल्ला वासीले दिए । लगत्तै कोरोना कहर नियन्त्रण गर्न नेपाल सरकारले गरेको लकडाउनलाई सफल भए । लुम्बिनि प्रदेशमा बर्दिया लकडाउन गर्न सफल भएको घोषणा भयो ।
जसकारण छिमेकि जिल्ला बाँके र कैलालीमा कोरोना संक्रमण ब्रेक डाउन भयो । बर्दिया कोरोना संक्रण अति न्यून जोखिममा रहेको छ । फरार अपराधी पक्राउँ गर्न धेरै भन्दा धेरै सफल हुदा अब्बल एसपिको रुपमा चिनिएका हुन ।
सुरक्षा सुर्धान नयाँ तरिका अवलम्बन गरेपछि नया वास्तोलाको सीमावर्ती बजारमा चर्चा अधिक भएको थियो । सरुवा भएर आएको एक साता भित्रमा उनले राजश्व छलेर नेपालमा चल्ने दर्जन बढि सवारी साधन नियन्त्रणमा लिएका थिए । त्यसमध्यमा चोरिको हुन सक्ने आंशका राजश्व कार्यालय बुझाएर काम कारबाहि सुरु गरेको प्रहरीले सीमावर्तीमा बजारमा पकड जमाएपछि सीमावर्तीमा हुने अपराध एकाएक नियन्त्रण भएको थियो । यसयता लागुऔषध बरामद, राज्य विरुद्धका संघर्ष गरिरहको विप्लव समूह र फरार प्रतिबादी पक्राउ गर्न प्रहरी सफल भइरहेको छ ।

रियल हिरोको छनक

सिंघम फिल्ममा एक प्रहरी अधिकृतको ईमान्दारिता र बहादुरीको बखान गरिएको छ । सरल मिजास र कानुन कार्यान्वयनको क्रममा कडाईका साथ प्रस्तुत हुने एसएसपी वास्तोलाको बिशेषता उनी माथी भएको सर्वसाधरण स्मरण गर्छन ।
फिल्मका नायक अजय देवगनले आफ्नो कार्य क्षेत्रमा एक कर्तब्य निष्ठ प्रहरी निभाउँन पर्ने भन्ने कथामा समेटेको छ । त्यस्तै एसपी वास्तोलाको यसअघि विभिन्न जिल्लामा कार्यरत रहदा पुरै जिल्लामा यस्तै यस्तै खाले चर्चाले देशमै नाम चल्न सकेको हो ।

को हुन एसपि वास्तोला ?


एसएसपि वास्तोला ‘ईमान’ रोड मोडलका रुपमा चिनिएका अफिसर मध्यमा पर्छन । सामान्य जिवनशैलीमा रुमाउँने उनको आदतले उनको कद उचो बनेको छ । वास्तालाको पहिलो ईच्छा शक्ति भित्र पर्छ–‘ वस्तुनिष्ठ अपराध अनुसन्धान,ु जसले प्रहरी संगठनको शिर उचो हुन्छ’ । ८ महिना अघि जिल्ला प्रहरी कार्यालय बर्दियावाट बढुवा भएर एसएसपि बनेका वास्तोला प्रदेश प्रहरी सुर्खेतमा सरुवा भएको थियो । कर्णाली प्रदेश प्रहरीको प्रवक्ताको रहदाको अवधिमा प्रहरी आचरण सुर्धान र त्यस क्षेत्रमा रहेका फरार अपराधी पक्राउँमा उनी सफल भएका थिए । अहिले सम्म प्रहरी प्रमुख भएर काम गरेका बर्दिया ताप्लेजुङ,पाचथर,वालाजु र काभ्रेमा उनको कार्य सम्पादन मूल्याकंन अब्बल छ भने काभ्रेमा रहदा बुद्धचित्तको  अबैध धन्धा र डकैति नियन्त्रणमा उनको योगदान चर्चा गर्न लायक छन् । पुराना मुद्घा फस्र्योट,जनचेतना मार्फत नागरिक सुसुचित,समन्व,काउन्टरपार्टस सम्बन्धले प्रहरीको शिर उचो वनाउँन सकेको हुनाले गृह प्रशासनले सधै सम्मान गर्दे आएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर