सिटीलाई हराएर टोटनहम शीर्षमा
आइतबार, मङि्सर ०७, २०७७ मा प्रकाशित

लन्डन(फरकसमाचार) — जोसे मोउरिन्होको रणनीतिबाट प्रभावित टोटनहमले शनिबार राति इंग्ल्सि प्रिमियर लिगमा म्यानचेस्टर सिटीलाई २–० ले हरायो र अंक तालिकाको शीर्ष स्थानमा उक्लिन सफल रह्यो । पेप ग्वार्डिओलाको टिमविरुद्ध प्रत्येक हाफमा सन ह्युङ–मिन र जियोभानी लो सेल्सोले गोल गरे ।

ह्युङ–मिनले टोटनहमलाई पाँचौं मिनेटमा अग्रता दिलाए र लिगमा यो सिजन उनको नवौं गोल रह्यो । जियोभानीले भने ६५ औं मिनेटमा दोस्रो गोल गरेका हुन् । यो जितपछि टोटनहमको २० अंक भएको छ । सिटी भने १२ अंकमा ११ औं स्थानमा सीमित रह्यो ।

मोउरिन्होको पूर्व क्लब म्यानचेस्टर युनाइटेडले अर्को खेलमा वेस्ट ब्रुममाथि १–० को जित रच्यो । त्यसमा ब्रुनो फर्नान्डेजले दोहराएर लिएको पेनाल्टीमा निर्णायक गोल गरे । यसअघि ब्राइटनले एस्टन भिल्लालाई २–१ ले हराएको थियो । त्यसमा सोली मार्चले ५६ औं मिनेटमा निर्णायक गोल गरे ।साभार कान्तिपुर दैनिक

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय