सुशासन प्राथामिकताले ‘चम्केका’ सोलुका सिडिओ
शुक्रबार, मङि्सर १२, २०७७ मा प्रकाशित

फोटो: प्रजिअ शाही ।

टिप्पणी

काठमाडौं,मंसिर १२
असम्भव केहि छैन । सच्चा मनले काम गर्दा सफलता नजिक छ ।पछिल्लो समय ‘नबिरााउँनु न डराउँनु’ भन्ने उत्ति चरितार्थ गर्दा देश भरमै अब्बल दर्जामा गनिएका सिडिओ मध्यमा पर्छन –सोलुका सिडिओ गणेश विक्रम शाही । जसले सुशासनले प्राथामिकतामा राखेर काम गर्दा अब्बल सिडिओ भन्दै जिल्ला वासी प्रशंसा गर्न थालेका छन् । गफ गरेर मात्र कहा हुन्छ र ? उनले प्रतिप्रश्न गरे । असम्भव लाई सम्भव बनाउँदा एक किसिमको उर्जा मिल्ने शाहीले अनुभव साटे । रााष्ट्रसेवक कर्मचारीको काम १० देखि ५ मात्र बजाउँने मात्र नभएर सेवा के दिन सकियो भन्ने सोचको विकास हुनु पर्ने उनको भनाई छ । अफिस अवारमा ढिला आउँने वा छिटो जाने परम्परा तोड्न कडाईका साथ प्रस्तुत हुने प्रजिअ शाही नम्र बोलीले कार्यसम्पादन गराउँन सफल छन् ।
पहिलो प्राथामिकतामा जिल्लाको शान्ति सुरक्षा र सुशासन राखेको उनले सुनाए ।जनप्रतिनिधिसँगको समुधुर सम्बन्धले सेवाग्राहीको सम्बन्ध प्रजिअसँग जोडिएको उनको सफलताको अर्को कडि हो ।
‘कर्मचारीमा सुशासन र अनुसाशन भएन भने के सेवा दिन सक्छन्’उनी भन्छन‘राष्ट्रसेवकले नै देश र सेवाग्राहीको सेवा गर्ने हो,सेवा दिने कुरामा कर्मचारी विचलित हुुनु हुदैन ।’
जिल्ला प्रशासनले निरन्तरता दिईरहेको सरकारी कार्यालयमा छड्के चेकिङले एक किसिमको सुशासन छनक देखिएको जिल्लावासी टिप्पणी गर्छन ।
कात्तिक ५ गते जिल्ला प्रशासन कार्यालयमा प्रजिअ कार्यभार सम्हालेका शाह िहाजिर हुदा देखि काममा निरन्तर रुपमा खटिदा प्रत्यक्ष रुपमा सुशासन र सुरक्षामा अव्बल सावित भएको छ । उनले विकासमा चासो देखाउँदा जिल्ला वासी मख्ख छन् । विकासे अड्डालाई समन्वय र सहकार्य गर्दे वजेट फ्रिज गर्ने अवस्था सिर्जना नर्गन निर्देशनले सिचाई सुविधा लगायतका विकास सम्पन्न हुने देखिएको छ ।
बिकासे अड्डा प्रमुख र स्थानीयतहसँगको समन्वयमा जिल्ला बिकासका लागि कसरी सुरक्षित तरिकाले बिकासका कामलाई अघि बढाउने बिषयमा छलफल पछि कामले गति पाएको हो ।
हिमाली जिल्ला भएका कारण भौगलीक चुनौतिसँगै जुध्नु पर्ने बाध्यता रहेको उनको भनाई छ । सुन्दर र सभ्य जिल्लावासीमाझ समन्वय सहकार्य साथ अघि बढने उनले विश्वास दिलाए ।‘सुन्दर र सभ्य जिल्लावासीमाझ काम गर्ने अवसर मिलेको छ,’उनले भने,‘केहि अफ्ठ्यारा समस्यासँग जुधेर अघि बढन म प्रतिबद्ध छु ।’यस अघि गृह मन्त्रालयमा विपद व्यबस्थापन शाखामा दश महिना कार्यरत थिए । त्यसवेला दक्ष कार्यकुशलता उनको कद उचो भएको थियो । लोकप्रिय र जनप्रिय उनलाई गृह मन्त्रालयले उच्च मूल्याकंन गरेर दुई महिना अघि जिल्ला प्रशासन कायाृलय सोलुमा सरुवा गरेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर