नयाँ घर, सुखी परिवार
सोमबार, मङि्सर २२, २०७७ मा प्रकाशित

विपन्न प्रति समाज निकै अनुदार हुन्छ । गरिबिले गर्दा सबै दोषको भारी बोक्न पर्छ । जिवनयापन निकै कष्टकर बने पनि सहेर वाच्नु पर्दाको अवस्था निकै दर्दनाक हुन्छ । गरिबिले जकडिएको अवस्थामा एक जना मात्र असल साथी पायो भने जिवन यापन सहज हुने विषय वस्तु यस ‘रियल स्टोरी’मा समेटिएको छ ।

फरक समाचार संवाददाता
बर्दिया,मंसिर २२
हिन्दीमा एउटा गित छ –‘सादीका लड्डु खाओ भि पछताओ, नखाऔ भि पछताव ।’ पारिवारमा कामकाजी वुवाको निधनपछि गुलरिया–७ नम्बर वडामा वस्ने राजेश अधिकारीलाई बिहे गर्ने बाध्यता हुन्छ ।विहे पश्यात काधमा आएको जिम्मेवारीले बेरोजगारको पिडामा गुज्रि रहेको जिन्दगीमा के गर्न सकिन्न कि भन्ने लाग्ने स्वभाविक कुरा हो ।

त्यतिवेला उनलाई दुईवटा वच्चाको जिम्मेवारी काधमा आयो । टुयिन्स ब्रोदर जन्मिए । वच्चाको लालन पालन उनलाई बोझ बन्यो । यता,घरविहिन त्यसमा वच्चा लालन पालन । आफु त जसो तसो रात कटाएपनि वच्चालाई कसको छानामा ओत लाग्ने हो भन्ने मन भारी नभएको होईन तर के गर्ने ?‘आफ्नो व्यथा कसले कहन्छ’ भन्ने उक्ति सँग उनको राजेशको ‘लाईभ स्टाईल’ मिल्दो जुल्दो थियो ।तर उनको ठाट र वठा हेर्दा दुःखको जालो बेरिएको छ भन्ने कल्पना कसैले गर्न सक्दैन ।

राजेश त्यतिवेला तत्कालिन कृष्णसार यातायात व्यवसायी संघमा श्रेणि विहिन कर्मचारीको रुपमा कार्यरत थिए । मनको व्यथा मनमा थाती राखेर उनको आदतले सवै सँग यारी दोस्ती राम्रै थियो ।यातायातमा जागिर हुदा विहान र साझको खाने समस्या टरेको थियो ।ओत लाग्नका लागि घर थिएन । लेखक कर्ण शाक्यल भने झै मान्छेको जिवन सधै राजमाार्ग जस्तो हुदैन ,कहिले काहि अफ्ठ्यारा मोड पनि आउँछन् ।राजेशलाई एक पछि अर्को मोड पुग्दा सम्हालिन गाह्रो भयो । पुन थप एउटा छोरा जन्मिदा समस्या माथी समस्या थपियो, खर्च बढ्यो ।
साथीसँग घुलमेल हुने स्वभावका उनलार्ई एक पछि अर्को उछिट्टिएर आउँने समस्या पिडित बन्दै गएको उनले कसैलाई छनक दिएनन् ।वचपनको जिग्री साथ थियो विमल केसीसँग सम्बन्ध डोरो भने कसिलो थियो ।

यो नाामको साथी दुःख वा सुखको साथी हो भन्ने उनलाई थाहा थिएन । सामान्य भेट घाट दिन चर्या चलिरहेकोे थियो । काचो उमेरमा निर्माण व्यबसायमा फड्को मार्न सफल साथी विमल केसी हो भन्ने त थाहा थियो राजेश लाई । तर,काचो उमेरका आफ्नो साथीको छाती कतिचौडा छ भन्ने नाप्ने कुरा भएन ।त्यतिवेला दुइ साथी विमल र प्रकाशसँग भेट हुन्थ्यो ।चिया पानी सँगै खान्थे र अनि आ आफ्नो काममा हिड्थे ।यो दिन चर्या वचपनका साथीको विच चल्ने नै भयो ।

एक दिन प्रसँग फेरिन्छ–विमल र प्रकाशको विहानको खाजा वा चिया राजेशको घरमा खाने योजना बन्छ ।यति मिल्ने साथी घर नजाने कुरै भएन । त्यो दिन शनिबारको भएको राजेश स्मरण गर्छन । जव राजेशको घर विमल र प्रकाश पुग्छन–विमल र प्रकाशलाई मनको चिसोले मुटुले छेड्छ । मुटुको ढुकढुकी बढेको भान हुन्छ । राजेशले खाजालाई जोहो गरेको अन्डा र चिया खादा मन भारी हुन्छ । गरिबिले गर्दा पाएको दुःख आखै अघि छरपष्ट देख्दा शोचमग्न हुन्छन ।

मेरो साथीले पाएको घर नहुदा मलाई असह्रय भएको उनले विगत स्मरण गर्दे भन्छन्,‘मैले कमाएको रकमवाट साथीको ओत लाग्ने घर निर्माण गर्छु सोच ।र त्यहि सोच्दै मनमनै म हिडे ।’ अन द स्पोट्स विमल र प्रकाश सल्लाहा गर्छन ।

केहि समय पछि विमलले तीन कोठे पक्की घर उपहार दिने योजनामा प्रकाश श्रेष्ठले साथ दिन्छन् । चार महिना घर तयार हुन्छ ।‘विमल जस्ता मनका धनि साथीको सामिप्यले राजेशलाई घर मात्र बनाईदिएनकि जिन्दगिमा साथीको माया पाउँदा धेरै थोक गर्न सकिन्छ कि साहस दियो,’राजेश भन्छन् ।

राजेश र रचनासँग तीन छोरा साथमा छन् ।खुसी र राजी छन् । विमलले उपहार दिएको घर राजेशले महल ठान्छन् । रिपोटिङको क्रममा यस पत्रिकाको संवाददाता घरमा पुग्दा देखिएको घरको सुखी र खुसी संगमको दृश्य लोभ लाग्दो छ ।राजेशले आम्दानीको स्रोत थप्न बाख्रा र कुखुरा पालेका छन् । ‘एउटा साथीको मायाले कति फरक पार्दछ जिन्दगीमा भन्ने गितको वोलको गितलाई केसीले चरितार्थ गर्दा राजेशको परिवारमा ल्याएको छ ।

केसीले आफनो खर्चमा घर बनाएर साथी राजेशलाई दिएको उपहार घरको उद्घाटन गुलरिया नगरपालिका नगर प्रमुख मुक्तिनाथ यादबले गरेका थिए भने मधुवन नगरपालिकाको खातामा सडक निर्माणको उदघाटन मधुवनका नगरप्रमुख कृष्ण केसीले गरेका थिए ।यतिवेला केसीले गरेका विभिन्न किसिमका समाज सेवाले केसीको आवश्यत्ता जताततै खडकिने गरेको छ ।

बर्दिया गुलरिया नगरपालिका ६ मा वस्ने विमल केसी पछिल्लो समय यूवा व्यवसायीमा ईमानका धनि भनेर चिनिन्छन । काचो उमेर उनले गरेका समाज सेवा ईतिहास कथा बन्ने खालका छन् । लागु औषधमा फसेका युवालाई पुर्न जन्म दिने केसी सफल छन् । ग्रामिण क्षेत्र सडक पुराएर सरकारलाई सहयोग गर्ने भुमिका केसी देखिएका छन् ।

राम्रो छवि बनाएका उनले गुलरियामा लागु औषधमा फसेका युवा काम दिने सक्ने नेपालमै केसी एक्ला व्यत्ति भन्दा फरक नर्पर्ने उनका सहकर्मी टिप्पणी गर्छन ।

निर्माण व्यवसायीको बिग्रेको छबिलाई समाजका लागि राम्रो काम गरेर राम्रो छवि छोडेको केसी लुम्बीनि प्रदेशका निर्माण व्यवसायी संघका सदस्य पनि हुन ।

प्रतिक्रिया

सम्बन्धित खवर