जसले गुलरियामा राजा डाकेकि थिईन……….
बुधबार, मङि्सर २४, २०७७ मा प्रकाशित

गुलरिया नगरपालिका वडानं ७ कि अध्यक्ष गिता वस्नेतको निम्तोमा बगलामुखी दर्शन गर्न गुलरियामा आएका पुर्वराजा ज्ञानेन्द्र शाहलाई भव्य स्वागत गर्न राजनितिक दलका समर्थक पनि तडाड मछाड गरिरहेका दृश्य रोमान्चक देखिएको थियो ’

बर्दिया,मंसिर २४(फरकसमाचार)

आर्थिक अभाव,विभिन्न किसिमका बाधा अड्चन,पृति सतात्मकले जकडिएको समाज वा वाध्यता,खुला परिवेशमा तराईमा सफल राजनिति जिम्मेवारी पाउँन एक महिलालाई कम्ता संघर्ष गर्न परेको होला सायद गुलरिया नगरपालिका–७ कि अध्यक्ष ६४ वर्षिय गिता वस्नेतलाई थाहा होला ।देहातमा जन्मिएकि महिलाको जिन्दगी भनेको विहान चुलो चौकोबाट सुरु भएर साझ पर्दा सम्म चुलौ चौकोमा समाप्त हुन्छ ।तराईको समाजमा महिला घर वाहिर निस्केर राजनितिक यात्रा तय गर्नु ‘फलामको चिउरा चपाए’ सरह हुन्छ ।
राजनितिमा तीन दशक अघि देखि अविरल यात्रामा हिँड्ने महिलालाई एक पछि अर्काले साथ छोड्दै जाँदा एक्लो भएको आभास नेतृ वस्नेतलाई पनि भयो होला ?यस्ता महिला प्रति दासताको भावना चिर्न नर्पने कुरा भएन ।यो कुरा सर्ववितितै छ ।
किनभने महात्वकाक्षी सपना वोकेर हिड्ने महिला सामु घर परिवार पनि साथमा हुदैनन्, ।जनमत संग्रहपछि राजसंस्था जिवित राख्न सडक संर्घष गर्ने नेतृ वस्नेत राजनितिक यात्रा बिश्राम नलिएकि एक्ली महिला हुन ।स्वभावमा शाालिन र उनको शाहसको कदर गर्दे उनका समर्थकले पनि अहिले सम्म माया गरिरहेका छन् । राजावादी पार्टी राष्ट्रिय प्रजातन्त्र पार्टीको राजनितिक यात्रामा तय गरेकि उनलाई पार्टीको कार्यसम्पादन मूल्याकंन सदस्य सम्म पुगि सकेकि छन् । हुनत उनले यस अघि भेरी अन्चल सचिव र मनोनित भएर गुलरिया उप प्रमुखको जिम्मेवारी सम्हालेकी मध्यमा पर्छिन वस्नेत ।


अहिले गुलरिया नगरपालिका समन्वय र सहकार्यका चलन चल्तिमा वडा अध्यक्षमा उनको नाम अग्रमंत्तिमा छ ।उनका विगत पनि घत लाग्दा छन् – अर्को पार्टीमा प्रबेश नगर्दा नेपालगंज बसाई सराई गर्न पर्यो । ‘प्रजातन्त्र आए पछि हावा,पानी र पृथ्वी नै लोकतन्त्र र गणतन्त्रको पक्षमा देखिए’उनले सम्झिन,‘श्रीमानको चारतारा अंकित भण्डा अघि हलो चिन्ह अंकित झण्डा घरमा फितिलो देखिदा पिडा हुन्थ्यो ’ ।
गुलरिया नगरपालिका ७ नम्बर वडामा निर्वाचित वस्नेत राप्रपावाट निर्वाचित हुने एक्ली महिला जनप्रतिनिधि पनि हुन ।पार्टी कमजोर रहेको अवस्थामा उनको संघर्ष र योगदान सम्झदा राप्रपाकि वस्नेतलाई निर्वाचित गरेको स्थानीय आँकलन गर्छन ।
गुलरिया गाउँ तर्फ विहान झोला बोकेर बाइकमा सवार हुने को हुन ? भन्ने प्रश्न उत्तर जो कोहिले दिन्छन । किन भने उनको दैनिकि भित्र पर्छ –गुलरिया गाउँ जाने गुनासो सुन्ने । ६४ वर्षको उमेर भर्खर टेकिकि उनको जागर देख्नेहरु कुरा काट्दैननकि उनले पाएको सर्मपण फलको चर्चा गर्छन ।
यति खेर राजा आउँ देश वचाउँ भन्ने नारा देशका ठूला शहर गुन्जामामय भएको छ । तिनै राजालाई वस्नेत दिएको वचन नकाट्दा गत वर्ष पुस १८ गते पनि गुलरियामा राजा आउँ देश वचाउँको नाराले सदरमुकाम गुलरिया थर्किएको थियो ।
राजा आएको कुरा थाहा पाएर म सोल्टी होटलमा पुगेको उनले स्मरण गरिन ।‘त्यसअघि राजा सँग मेरो नारायणहिटिमा भेट भएकोे थियो’उनले सम्झिदै भनिन्‘राजाले मलाई भेट दिनु भयो,मैले गुलरियामा बगलामुखी दर्शनका लागि निम्तो दिए ।’
त्यतिवेला राजा आउँनु भयो । यत्रो वर्ष राजसंस्था प्रतिको मेरो आस्था मर्न नदिएर राजा ज्ञानेन्द्रले मेरो निम्तो सर्हस स्वीकारेको गुलरिया आएको उनले सुनाईन ।

राजा आउँने खवर गुलरिया वासी उत्साहित भएको देख्दा भने मन आनन्दित भएको उनको भनाई छ । ‘पुर्व राजा ज्ञानेन्द्र शाहलाई गुलरियावासीले भव्य स्वागत गर्दा राजा पनि प्रशंन्न होईवक्स्यो’उनी भन्छिन । ‘राजालाई पार्टीले पुज्थ्यो,मैले पनि पुज्छु’उनले प्रतिप्रश्न गर्दे भनिन,‘राजा र राजशंस्थालाई स्थापनाका लागि जिउँ ज्यान बलिदान गर्न पनि तयार छ ।’
बर्दियाको सदरमुकाम गुलरियास्थित वगलामुखी मन्दिर पुजा अर्चना लागी पुगेका राजा शाहलाई नागरिकले फुलका गुच्छाले स्वागत गरेका थिए । आफैले मोटर चलाएर वाँकेको नेपालंगज वाट अघिल्लो पुसमा दिउँस तीन बजे पुजा गर्न गुलरियास्थित बगलामुखी मन्दिर पुर्व राजा शाह पुगेका थिए ।
पुर्व राजालाई स्वागत गर्न गुलरिया बजार सहित वरपरका गाउँबाट ठुलो संख्यामा समर्थकहरु उपस्थित भएका थिए ।सदरमुकाममा पुर्वराजाको स्वागतका लागि बिभिन्न स्थानमा स्वागत द्धारहरु समेत निर्माण गरिएको थियो । आजको भोली नै त्यत्रो स्वागत हुनुमा चमत्कार भएको उनी तर्क गर्छिन । पुर्व राजाको भ्रमणका क्रममा गुलरियामा हजारौं सर्वसाधारणको उपस्थिति रहेको थियो ।

सर्वसाधारणले राजालाई भेट गर्ने क्रममा राजनैतिक वितृष्णा बढेको र राजसंस्थाको आवश्यकता महसुस भएको भन्दै नागरिकहरुले नारावाजी गर्दा दृश्य अझै ताजा रहेको स्मरण गर्छन । शुक्रवार मध्य तथा सुदूरपश्चिमका धार्मिक एवम् पर्यटकीय क्षेत्रको भ्रमणका लागि पूर्वराजा शाह नेपालगंजमा थिए । विहिवार पत्नी र बुहारीका साथमा आएका शाहको एक हप्ते भ्रमण तालिकाको व्यस्तता विच गुलरियास्थित बगलामुखी मन्दिरमा पुजा गर्न शाह एक्लै आएका थिए ।
उनका समर्थकले ‘राजा आऊ, देश बचाऊ’ भन्ने नारा लगाएका थिए। पाँच हजार बढी समर्थक स्वागत गर्न गुलरिया नगरपालिकाको गेट देखि बगलामुखी मन्दिर परिसरसम्म लामबद्ध देखिए । राप्रपा पार्टीका जिल्ला स्तरका नेता कार्यकर्ताले मन्दिर परिसरमा फुलगुच्छाले स्वागत गरेका थिए।
दिउँसो ३ बजदेखि गुलरिया पुगेका पुर्व राजा शाहलाई स्वागत गर्न लामबद्ध समर्थकको भिँड थेग्न सुरक्षाकर्मीलाई हम्मे हम्मे परेको थियो । मुल आयोजक समिति गीता बस्नेतको नेतृत्वमा थियो । बस्नेतको नेतृत्वमा गठित समितिले पुर्व राजा ज्ञानेन्द्रको बगलामुखी मन्दिरमा पुजा गर्ने प्रबन्ध मिलाएको थियो । समितिको अगुवाइमा ‘हाम्रो राजा हाम्रो देश, प्राणभन्दा प्यारो छ’, राजा आऊ देश बचाऊ’ लगायतका नारा लगाउँदा राजा मुसुमुसु हासेका थिए।
बिहीबार बिहानैदेखि गुलरियामा सुरक्षा व्यवस्थामा कडाइ पार्दा मन्दिर दर्शनमा राजालाई सहज भयो । पुर्वज आएका ठाउँमा निम्तो पाएकाले आफु पनि पुजा गर्न आएको पुर्व राजा शाहलाई उदृत गर्दे मन्दिरका पुजारी सुकदेव पन्डितले वताए ।पुर्व राजाले वगलामुखी मन्दिर करिब १० मिनेट पुजा गरेका थिए । पुजा गरे लगत्तै उनी नेपालगंज फर्किदा पनि गुलरियामा राजाको जय जय कार हुदा चमत्कार नै भएको स्थानीय सम्झिन्छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर