११ माघ, बर्दिया । लामो समय सम्म लागुऔ" />
लागुऔषधबाट मुक्ति पाएका २ सय ५० युवा खुसी
आइतबार, माघ ११, २०७७ मा प्रकाशित

११ माघ, बर्दिया । लामो समय सम्म लागुऔषधमा फसेका यूवालाई मधुवन नगरपालिका ६ मा संचालन गरेको पुर्नस्थापना केन्द्रले यूवालाई पुनर्जन्म दिन सफल भएको छ । दुव्र्यसनीमा फसेर पुनःजिवन पाएका सुवेदीले आफुजस्तै अन्य व्यक्तिहरु लागुऔषधको दुव्र्यसनमा नपरुन भन्ने परिकल्पना सार्थक बन्दै गएको छ । युवा जनशक्ति नै लागु औषध दुव्र्यसनीमा फस्ने प्रवृति अन्त्य गर्न खटिएका युवा शम्भु सुवेदी र राजन गुरुङ्ग को कामको प्रशंसा चुलिन थालेको छ ।

कार्यालय सञ्चालक राजन गुरुङ्ग र शम्भु सुवेदी ले हालसम्म लागुऔषधमा फसेका २ सय ५० जना उद्धार गरी पुनर्जन्म दिन सफल भएका छन् । पुनस्र्थापना केन्द्रमा अहिले १५ जना यूवालाई लागु औषध छुटाउन गरिएको प्रयासमा स्थानीयले साथ दिएका छन् । लागुऔषध तथा जाँड रक्सीको प्रयोगबाट विभिन्न प्रकारले घर परिवारबाट विचलित भएका वा मानसिक समस्या भएका व्यक्तिहरुका लागि मधुवन नगरपालिका वडा नं. ६ सानोश्री बस्ने शम्भु सुवेदी तथा राजन गुरुङ्गले संघर्ष उपकार सुधार गृह सञ्चालनमा ल्याएका छन् ।

हाल सानोश्री स्थित दुुई तले भवन भाडामा लिई पुनस्र्थापना केन्द्र ‘संघर्ष उपकार सुधार गृह’ सञ्चालनमा गर्दै आएका छन् । जिल्ला प्रशासन कार्यालय अन्तर्गत समाजकल्याण मन्त्रालयमा संस्थाको रुपमा दर्ता गरी सामाजिक कार्य गर्ने हेतुले सुधार गृह सञ्चालनमा ल्याएको सुवेदीले बताए । हाल पुुनस्र्थापना केन्द्रमा मानसिक समस्या तथा लागुुऔषधमा फसेका युवाहरु रहेका छन् ।

बर्दियामा जिल्लामा बढ्दो लागुऔषध प्रयोग गर्ने युवाहरुको नाजुक अवस्था सुधार गर्न नाफरहित उद्देश्यले सुरु गरिएको सेवा एकल रुपमा चलाउन कठिनाई भईरहेको सुवेदीले बताए । हाल घरपरिवारको सहयोगमा सुधार गृहमा सेवा दिइरहेका छन् । सुधार गृहमा रहेका मधुवन नगरपालिका वडा नं. १ का सवास ज्ञवालीले आफू सुध्रिएको र रक्सीको सेवन नगर्ने बताए ।

लागुऔषध प्रयोग छाडेर पुनर्स्थापना केन्द्रको सुरुवात कसरी भयो त ?

करिव एक दशकको समयसम्म लागुऔषध प्रयोगकर्ताको रुपमा जीवन बिताएका दाजुभाईलाई बाँके जिल्लाको नेपालगंजमा रहेको सामना पुनस्र्थापना केन्द्रमा घरपरिवारले भर्ना गरेको दाजुभाईका पिता यम बहादुर सुवेदीले बताए । दुई वर्ष सम्म पुनस्र्थापना केन्द्रमा उपचार पाई आफुहरु सुध्रिएको र समाजमा रहेका लागुऔषध जस्ता कुलतमा फसेका व्यक्तिहरुको जीवन सुधार्न परिवारको सहयोगमा पुनस्र्थापना केन्द्र सञ्चालनमा ल्याएका हुन् ।

संघर्ष उपकार सुधार गृहमा रेखदेखका लागि राखिएको सिसिटिभि क्यामेराको फुटेज

दाजुभाई लागुऔषधमा फस्नु अघि लगनशील विद्यार्थीरहेको संघर्ष उपकार सुधार गृहका अध्यक्ष तथा सुवेदी दाजुभाईका पिता यम बहादुर सुवेदीले बताए । साथीहरुको लहैलहैमा लागेर अत्यधिक रक्सी, चरेससहित लागुऔषधको सेवन गर्न थालेपछि परिवारको विचल्ली समेत भएको थियो । लागुऔषध प्रयोग गर्ने र साथीभाईसँगको कुसंगतका कारण बाँके जिल्लाको नेपालगंज स्थित रहेको सामना पुनस्र्थापना केन्द्र लगिएपछि २ वर्षमा दाजुभाईको जीवन फेरिएको हो ।

विभिन्न संस्थामा नेतृत्व विकास तथा अनुशासनका तालिम लिएपछि वि.सं. २०७६ भदौ ८ गते विधान तयार गरी जिल्ला प्रशासन कार्यलय बर्दियामा ‘संघर्ष उपकार सुधार गृह’ दर्ता गरेको सुधार गृहका प्रोग्राम कोर्डिनेटर सम्भु सुवेदीले बताए । सामना पुनस्र्थापना केन्द्रमा पाएको उपचार पश्चात दुवै छोरा लागुऔषधजस्ता कुलतबाट सुध्रिएर आएपछि समाज सेवा गर्न थालेकोमा आफु हर्षित भएको पिता यम बहादुर सुवेदीले बताए ।

संघर्ष उपकार सुधार गृहका कार्यक्रम संयोजक शम्भु सुवेदी

सुधार गृह सञ्चालनमा आएदेखि दाजु संदेश सुवेदीले सुधार गृहमा उपचार पाइरहेका विरामीहरुलाई उत्प्रेरणा गराउने काम गर्दै आएका छन् । सुधार गृहमा भएका बिरामीलाई विभिन्न प्रकारका व्यवहार परिवर्तन गर्ने कामहरु भईरहेका छन् । मानसिक, आध्यात्मिक, योगासन र विभिन्न प्रकारका इन्डोर खेलहरु खेलाउने कार्य भईरहेको छ ।

संघर्ष उपकार सुधार गृहका कार्यक्रम सञ्चालक राजन गुरुङ

सुधार गृहबाट २ सय ५० जना भन्दा बढि उपचार पाई सुध्रिसकेको र सुध्रिएका व्यक्तिहरु सामाजिक कार्यमा लाग्ने गरेका छन् । हाल १५ जना सुधार गृहमा उपचाररत छन् । जसमध्ये लागुऔषधमा फसेका १४ वर्षिय अनाथ सुवास ज्ञवालीलाई सुधार गृहले उपचार गरी विगत २ वर्षदेखि पालनपोषण गरिरहेको छ । सुधार गृहले पहिलो वार्षिक साधारणसभामा सुधार गृहमा रहेका विरामीलाई उपचार दिन आर्थिक सहयोगका लागि उद्योग तथा वाणिज्य राज्यमन्त्री विमला वि.क.लाई ज्ञापनपत्र समेत बझाएका छन् ।

राज्यमन्त्री वि.क.ले १४ वर्षिय सुवास ज्ञवालीलाई उनको पढाईमा सहयोग गर्ने आश्वासन पनि दिएकी छन् । पुनस्र्थापना केन्द्रमा सरकारी तथा गैर सरकारी संस्थाहरुको सहयोग भयो भने समाजमा लागुऔषधमा फसेका नवजवान युवाहरु सुध्रिने विश्वास सुधार गृहका सञ्चालक सम्भु सुवेदीले लिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय