विकासमा छलाङ : अहिलेको बर्दिया, उहिलेको बर्दिया
बुधबार, माघ १४, २०७७ मा प्रकाशित

राजापुर गुलरिया सडक खण्डमा पर्ने मधुवन नगरपालिकामा शिक्षाको हब रुपमा विकसित भईरहेको छ । शिक्षा हब बन्दा आर्कषणले कर्णाली प्रदेशका जुम्ला, हुम्ला, कालिकोट जस्ता विकट बिद्यार्थी अध्ययन गर्ने अवसर पाएका छन् । देशकै लामो पुल कोठियाघाट र सत्ती घाटमा पुल निर्माण भएपछि भवराटप्पा राजापुरका लागी दुई वटा पुल बरदान सावित भएका छन् । यस्तै गुलरिया नगरपालिका ७० किलोमिटर पक्की निर्माण र ३५ किलोमिटर पक्की नाली बन्ने भएपछि गुलरिया तराईको नमुना नगरपालिका बन्ने निश्चित छ ।

फरकसमचार
बर्दिया, माघ १४ / फुल फुलेर फक्रिएको जस्तै गुल्जार बर्दिया भन्न कत्ति धक मान्न पर्दैन । सर्र् पक्की हुलाकी सडकमा गाडीमा घुईकिएर अन्नको भण्डार राजापुर सम्म यात्रा गर्न सहज छ । निर्माण व्यबसायी गोबिन्द खनालको अग्रसरतामा केही समय अघि सम्पन्न भएको हुलाकी सडकले राजापुर थप आर्कषक केन्द्र बनेको छ । सडक संजाल जोडिएकाले यँहा उत्पादित धान देशभर पुग्छ । पक्की सडकले बर्दियालाई गुल्जार बनाउँन मद्दत पुगेको छ ।

राजापुर जाने बाटोमा पर्ने कर्णाली नदीमा बनेको देशकै लामो पुल देख्दा मनमा उल्लास छाउँछ । अन्तराष्ट्रिय खाता करिडोरमा वन्यजन्तुसँग जम्का भेट हुदाको क्षणले आगन्तुकलाई बर्दियालाई मानसपटलमा सजाउँने माध्यम बनेको छ ।

केहि वर्ष अघि बर्दियाको राजापुर पुग्न धेरै बाधा अड्चन थियो । विकासको क्रमसँगै अहिले राजापुर पुग्न बिचमा पर्ने बाधा अड्चन फुकेको छ । त्यसैले बर्दिया गुल्जार बन्दै गएको भन्न सकिएको हो । जताततै हरियाली प्राकृतिक सम्पदाले सम्पन्न बर्दिया फुलेर फक्रिसकेको छ ।
पाँच वर्ष अघि कोठियाघाटमा नेपालकै लामो पुल उद्घाटन हुदा विकासमा भड्को मारेकोे महसुस गरेका स्थानीयले पर्यटन र कृषिमा विकास गर्न जिल्ला समृद्ध हुने कुरामा विश्वत छन् । गुणस्तर शिक्षा, बिकास निर्माण र कृषि क्रान्ति देश समृद्ध हुनेमा यहाँ किसानलाई बिश्वास दिलाउँने काममा उनी सफल छन् । पाँच वर्ष अघि सम्म विकासले गतिलिन नसकेको जिल्लाको छोटो समयमा तिव्र रुपमा विकास भईरहेको छ ।

विकासको सिढि चढ्न नसकेको जिल्लाका रुपमा चिनिएको बर्दिया अहिले विकासको पक्षमा रहेका स्थानीय धेरै सम्भावना देखिरहेका छन् । जिल्लामा ८ वटा स्थानीय तह छन् । निर्वाचित जनप्रतिनिधि बर्दिया विकासमा तल्लिन देखिन्छन् । कृषि प्रबद्र्धनका लागि प्रधानमन्त्री कृषि परियोजना, कर्णाली नदी नियन्त्रण, बबई भादा र औरही नदी नियन्त्रण, बबई सिचाई आयोजना कार्यालयले कार्यालय स्थापना गरेका छन् ।
स्थानीयले आँखा अगाडी मुख्य रुपमा कृषि र पर्यटनको प्रचुर सम्भावना देखेका छन् ।

उत्पादनको हिसाबले देशकै बढि धानको उत्पादन हुन सक्ने परिचय बनाएको जिल्ला र तराईको सवैभन्दा ठूलो क्षेत्रफल रहेको बर्दिया राष्टिय निकुन्जमा दुर्लभ वन्यजन्तुले गर्दा पर्यटन र कृषि संभावना भएकाले देश भरमै नयाँ पहिचान बनाउँन स्थानीय अवसरको खोजीमा छ । अवसरको खोजी गर्ने क्रममा पर्यटन र कृषिमा लगानी बढेको छ ।

जिल्लाको अन्य क्षेत्रमा पनि विकासले फड्को मारेको छ । फुल पुलेसा निर्माण र पर्यटकको आर्कषण जस्ता जिल्लामा धेरै गर्व गर्ने कुरा छन् । कृष्णसार संरक्षण क्षेत्र, बढैयाताल पनि बर्दियामा पर्यटक निम्त्याउँने माध्यम बनेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय