एकै थलोमा प्रदेश सांसद
बिहिबार, माघ १५, २०७७ मा प्रकाशित
                                                           एक थलोमा बसेर प्रदेश सरकारको तर्फबाट भएको कामको बारेमा जानकारी लिदै प्रदेश सांसद ।

बर्दिया, माघ (फरक समाचार) १५ / चुनाव जितेको तीन वर्ष भयो । के गर्ने ? कहिल्य को कहाँ, को कहाँ भन्ने जस्तै भयो होला सायद तीन वर्ष । प्रदेश सरकारका यि सांसद जिल्लामा भेटिएनन्, सधै बाहिर बाहिरै भए ।

फरक–फरक राजनिति दलका सांसद बाटै फरक भयो । यति बेला संघिय संसद विघटन गरेको अवस्था छ । प्रदेश सांसद अविश्वासको प्रस्ताव दर्ता हुने भन्ने त्राही त्राही छ । तर, बर्दियामा जिल्ला प्रशासनमा लुम्बिनि प्रदेशका सांसद बुधवार एक थलोमा बजेट खर्च र विकासको बारेमा चासो राख्नु सर्वत्र चर्चाको विषय बनेको छ । देश जे जस्तो अवस्थामा गुज्रिएपनि बर्दियाका सांसद बुधवार एक थलोमा देख्दा अचम्भित नहुने कुरा भएन । त्यहि पनि प्रदेश सकारले के कति कहाँ कहाँ जिल्लामा बजेट खर्च गरेको भन्ने विषय कोट्याउँन सन्र्दभमा जुटेका सांसद देख्दा जिल्लावासीका लागि सुखद खबर बन्यो ।

जिल्ला प्रशासन कार्यालय बर्दियाको माथिल्लो तलाको सभा कक्ष हल । ठिक ११ बजे एउटै ड्यासमा बसिरहेका थिए । लुम्बिनि सकारकि उपसभामुख कृष्णी थारु सहित प्रदेश सांसद । दायाबाट हेर्दा उप सभामुख थारु, काँग्रेसका भुवनेश्वर, कुल प्रसाद पोख्रेल, लौटी थारु र तिलक शर्मा हिमाल क्रमश बसेका थिए । सांसद दिपेश थारु र सुमन शर्मा रायमाझी भने उपस्थित भएनन् ।

त्यत्तिकैमा जिल्ला अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट सुभाष पाण्डेले प्रदेशको बजेटबाट बनेका संरचनाको विफ्रिङ मज्जाले हेरिरहेका सांसद देख्दा साच्चिकै विकासमा सांसद ध्यान भएको भान भयो । त्यत्तिकै प्रदेश सांसदले अस्पतालमा चासो राखेर भने‘केहि छ भने भन्नु होला बजेटका लागि प्रयास गरौला ।

लगत्तै एकिकृत कृषि तथा पशुपंक्षी विकास कार्यालयका प्रमुख विनोद घिमिरेले कार्यालय काम कर्तव्य अधिकार वेलि विस्तार लगाए । पहिलो पटक कुरा सुनेका सांसद भने धेरै कुरामा अनभिज्ञ देखिन्थे । प्रदेश सरकारले स्थानीय तहसँग समन्वय नगरेर बजेट हाल्ने प्रबृतिले जिल्लाको विकासमा प्रदेश सरकारले गरेको लगानी बालुवामा पानी खनाए सरह भएको स्थानीय तहमा व्याप्त आलोचना भईरहेको छ । यति वेला स्थानीय तहमा र प्रदेश सरकारका कार्यालय स्थापना गरिएको छ । दुई सरकारले दिईरहेको सेवामा सेवाग्राही पाउँने सुबिधामा भिन्नता छ । प्रदेश सरकारले स्थापना गरेका त्यस्ता कार्यालयमा असुल गर्ने राजश्वमा धेरै गुणा फरक छ । त्यस्ता कार्यालयले गरिरहेका खर्च अपारदर्शी तरिकाले भईरहेको भन्दै सेवाग्राही तहमा व्याप्त असन्तुष्टि छ ।

प्रदेश सरकार गर्ने लगानीको बारेमा सरोकारवाला अनभिज्ञ हुदा बजेट दुरुपयोग भईरहेको विरोध भईरहेको छ । कार्यक्रम जिल्ला समन्वय समितिका अध्यक्ष शंकर प्रसाद थारुको अध्यक्षतामा सम्पन्न भएको थियो ।

उप सभामुख थारु आएर समग्र जिल्लाको प्रदेश सरकारले गरिरहेको काम र कारवाहीको जानकारी लिन खोज्नु प्रशंसनिय भएको सहभागीको भनाई छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय