कोरोना संक्रमणबाट सिनियर अनमीको निधन
शुक्रबार, माघ १६, २०७७ मा प्रकाशित

बाँके, माघ १६ / कोरोना भाईरस संक्रमणका कारण एक स्वास्थ्यकर्मीको मृत्यु भएको छ । बाँकेको बैजनाथ गाउँपालिकाको स्वास्थ्य चौकीमा कार्यरत ४७ वर्षीया सिनियर अनमी रमा भारतीको उपचारका क्रममा शुक्रबार बिहान मृत्यु भएको हो ।

भेरी अस्पताल नेपालगन्जमा उपचार गराईरहेकी भारतीको आज विहान ५ः२७ बजे मृत्यु भएको जिल्ला कोभिड–१९ संकट ब्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज ओलीले जानकारी दिएका छन ।

कोरोना भाइरस संक्रमण पुष्टि भएपछि अनमी भारती माघ १३ गते भेरी अस्पतालको कोभिड आइसोलेसन वार्डमा भर्ना भएकी थिईन । यससँगै बाँकेमा हालसम्म कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको सँख्या ५२ पुगेको छ ।

यसैबिच कोभिड माहामारी नियन्त्रण, निदान र उपचारमा फ्रन्टलाइनमा खटिएर काम गर्दा गर्दै भाइरस संक्रमित भइ उपचारका क्रममा अनमी भारतीको निधनले कुशल र पेशाप्रति समर्पित रास्ट्रसेवक कर्मचारी गुमाउनु परेको भन्दै बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले सामाजिक संजालमार्फत सार्वजनिक रुपमा दुःख व्यक्त गरेका छन ।काँचुलीखबरबाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय