वडा स्तरीय फुटबल प्रतियोगितामा फाइनल खेलमा वडा नं.६ ले जित्यो प्रमथ पुरस्कार
आइतबार, माघ १८, २०७७ मा प्रकाशित

बढैयातालकी उपाध्यक्ष दिपाकुमारी गौतमद्धारा प्रथम पुरस्कार प्रदान गर्दै गरेको झलक

दलबहादुर सुनार
बर्दिया, माघ १८ / बढैयातालमा संचालित वडा स्तरीय फुटबल प्रतियोगिताको फाइनल खेल शनिबार सम्पन्न भएको छ ।
मयुरयुवा क्लबको खेलमैदानमा भएको फाईनल खेलमा वडा नम्बर ४ लाई १ गोलको बिरुद्ध ३ गोलले हराउदै वडा नम्बर ६ प्रथम पुरस्कार जित्न सफल भएको हो ।

प्रमथ र द्धितिय हुने दुबै खेलाडीका टोलीलाई बढैयातालका उपाध्यक्ष तथा समापन कार्यक्रमका प्रमुख अथिति दिपाकुमारी गौतमले नगद, सिल्ड र प्रमाण पत्र प्रदान गरेकी छन् । प्रमथ हुनेटिमले १५ हजार र द्धितिय हुने टिमले १० हजार नगद हात पार्न सफल भएको आयोजकले जनाएको छ ।

दोश्रो पालिका स्तरीय फुटवल प्रतियोगिताको लागि खेलाडी छनोट गर्ने उद्देश्यले बर्दियाको बढैयातालमा माघ ९ गते बाट शूरुभएको प्रतियोगितामा पालिकाका ९ वटै वडाका खेलाडीले सहभागिता जनाएका थिए । खेलमा वडा नम्बर ६ का जर्सि नम्बर १० आशिष थारु खेलको उत्कृष्ठ खेलाडी घोषीत भएका छन् ।

बढैयाताल ८ का अध्यक्ष सुन्दरमान श्रेष्ठको अध्यक्षतामा भएको पुरस्कार तथा सिल्ड बितरण कार्यक्रममा जिल्ला फुटबल संघका अध्यक्ष अजित राजभण्डारी, स्थानिय जनप्रतिनिधि, खेल प्रेमी, खेलाडि लगाएतको सहभागिता रहेको थियो ।

मयुर युवा क्लब र कालिका सामुदायिक पुस्ताकालयको संयुक्त आयोजनामा प्रतियोगिता गरिएको हो ।

प्रतियोगिताको सुरु देखि अन्तिम खेल सम्म भएकाृ खेलको रेफ्रिको भुमिका जिल्ला रेफ्रिसंघका अध्यक्ष बिबेश गुरुङ्गले गरेका थिए भने औपचारीक रुपमा भएको समापन कार्यक्रमको संचालन हिक्मत सुनारले गरेका मयुर यूवा क्लबका कोषाध्यक्ष तथा फुटबल प्रशिक्षक शेलेन्द्र मल्लले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय