प्रणय-सप्ताहः प्रेम उत्सव
सोमबार, माघ २६, २०७७ मा प्रकाशित

२०७७ माघ २६ सोमवार(  फरक समाचार) फेब्रुअरी ७ देखि १४ दिनसम्मको अवधीलाई प्रेम सप्ताहको रुपमा मनाइन्छ । अर्थात यसरी बुझौं, फेब्रुअरी १४ को उत्कर्षमा पुग्नका लागि गरिने ‘वार्मअप’ सात दिनअघि नै सुरु हुन्छ । अतः सुरुको दिनदेखि हरेक दिन कुनै न कुनै दिवस मनाइन्छ ।

फेब्रुअरी ७

यो दिनलाई रोज डे भनिन्छ । अर्थात उपहार स्वरुप गुलाबको फूल दिन दिने । आफ्नो प्रेम भावना व्यक्त गर्ने माध्याम हो, गुलाब । खासगरी रातो गाढा रंगको गुलाब उपहारमा दिइन्छ ।

फेब्रुअरी ८

प्रपोज डे । अर्थात प्रेम प्रस्ताव राख्ने दिन । आफुले मन पराएको व्यक्तिलाई प्रेमका लागि खुलेर प्रस्ताव राख्ने दिन हो यो ।

फेब्रुअरी ९

यसलाई चकलेट डेको रुपमा मनाइन्छ । यस दिन आफ्ना प्रेमी–प्रेमिकालाई चकलेट दिएर सम्बन्धमा मिठास ल्याइन्छ ।

फेब्रुअरी १०

टेडी डे भनिन्छ । डेटी टोयज दिएर प्रेमलाई थप गहिराइमा पु¥याउन सकिन्छ ।

फेब्रुअरी ११

यस दिनलाई प्रमिस डे भनिन्छ । अर्थात बाचा गर्ने दिन । एक अर्काको प्रेम पक्का हो भनेर वाचा गर्ने मेसो हो यो ।

फेब्रुअरी १२

अब पालो आयो चुम्बनको । प्रेम व्यक्त गरेको पाँच दिनपछि एकआपसमा चुम्बन गर्न सकिन्छ । यसले सच्चा प्रेमको संकेत गर्छ ।

फेब्रुअरी १३

यस दिनलाई हग डे भनिन्छ । अंकमाल गर्ने दिन । आफ्ना प्रेमिका वा प्रेमीलाई अंकमाल गरेर प्रेमलाई थप कसिलो बनाउने दिन हो यो ।

फेब्रुअरी १४

यो प्रेम उत्कर्षमा पुग्ने दिन हो । यसलाई भ्यालेनटाइन डे अर्थात प्रणय दिवस भनिन्छ । प्रेम गर्नेहरुका लागि सबैभन्दा ठूलो उत्सव । यस दिन कुनै पनि गिफ्ट दिएर प्रेम सम्बन्धलाई अझ उचाईमा पु¥याउन सकिन्छ । अनलाइन खबरबाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय