प्रचण्ड-माधव समूहले निकाल्यो विरोध जुलुस
बुधबार, माघ २८, २०७७ मा प्रकाशित

काठमाडौं, माघ २८ । नेपाल कम्युनिस्ट पार्टी, नेकपा (प्रचण्ड-माधव समूह)को जुलुस विभिन्न स्थानबाट सुरु भएको छ ।

माइतीघर, पुल्चोक, लैनचौर, केशरमहल, त्रिपुरेश्वर र जमलबाट जुलुस निस्किएका छन् । ती जुलुसहरु सुन्धारामा पुगेर मूल जुलुसमा मिसिने छन् ।

अध्यक्ष प्रचण्ड, माधव नेपाल लगायतले नेतृत्व गरेको मूल जुलुस विभिन्न स्थान परिक्रमा गर्दै भृकुटीमण्डपमा पुगेर विरोधसभामा परिणत हुने छ । विरोधसभालाई अध्यक्ष प्रचण्डसहितका शीर्ष नेताहरुले सम्बोधन गर्नेछन् ।

विरोधसभामा सहभागी गराउन प्रचण्ड-माधव समूहले बिभिन्न जिल्लाबाट समेत कार्यकर्ता तथा समर्थकहरुलाई काठमाडौंमा उतारेको छ । सो समूहको जुलुस तथा विरोधसभाका कारण काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापन अस्तव्यस्त भएको छ ।

संसद विघटन विरुद्ध आन्दोलनरत प्रचण्ड-माधव समूहले यो विरोधसभालाई निणर्ायक भनेको छ । यसअघि प्रचण्ड-माधव समूहले पुस १४ र माघ ९ मा पनि काठमाडौंमा जनप्रदर्शनसहित विरोधसभा गरेको थियो ।अनलाइनखबरबाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय