फुटबल प्रतियोगिताको सार्बजनिक सुनवाई सम्पन्न
आइतबार, जेठ २८, २०८० मा प्रकाशित

ज्ञानेन्द्र पोखरेल

बर्दिया, जेठ २८ / अध्यक्ष कप फुटबल प्रतियोगिताको सार्वजनिक सुनवाई कार्यक्रम सम्पन्न भएको छ । बढैयाताल गाउँपालिकाको आयोजना र कालिका सामुदायिक पुस्तकालयको समन्वयमा गत फागुन ४ गते देखि १३ गते सम्पन्न भएको पालिका स्तरिय अध्यक्ष कप फुटबल प्रतियोगिताको शनिबार सार्वजनिक सुनवाई भएको हो ।

पत्रकार सम्मेलनको आयोजना गरि प्रतियोगिताको आम्दानी तथा खर्चको विवरण सार्बजनिक गरिएको छ । कालिका सामुदायिक पुस्तकालयका अध्यक्ष सुन्दरमान श्रेष्ठको सभापतित्वमा प्रतियोगिताको सार्बजनिक सुनवाई भएको हो ।

प्रतियोगिताको कुल आम्दानी रु ८ लाख ५९ हजार २ सय ६५ र कुल खर्च रु ७ लाख १ हजार ६ सय ७५ रहेको छ । नगद मौज्दातमा रु ५५ हजार ४ सय ८८ रहेको र अपुग रकम खेल संचालनमा प्रायोजक रहेका संघसस्था र ब्याक्तीहरुबाट उठ्न बाकी रहेको जनाईएको छ । प्रतियोगिताको आम्दानी खर्च सार्बजनिक कार्यक्रममा जनप्रतिनिधिहरु, युबा क्लबका सदस्यहरू, कालिका सामुदायिक पुस्तकालयका पदाधिकारि, नागरिक समाजका प्रतिनिधि तथा संचारकर्मीहरुको उपस्थिति रहेको थियोे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय