इजरायलबाट नेपाली विद्यार्थी ल्याउने विमान राति सवा ९ बजे आइपुग्ने
बिहिबार, असोज २५, २०८० मा प्रकाशित

काठमाडौं, असोज २५ / इजरायलमा नेपाली विद्यार्थी लिन गएको जहाज बिहीबार राति सवा ९ बजे काठमाडौं आइपुग्ने भएको छ । बुधबार राति इजरायल उडेको नेपाल एयरलाइन्सको विमानले त्यहाँबाट विद्यार्थी लिएर फर्किने परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ ।

नेपाली विद्यार्थी लिन बुधबार राति परराष्ट्रमन्त्री एनपी साउदसहितको टोली इजरायल गएको थियो । उक्त विमानले नेपाली समय अनुसार १०:४६ बजे दुबईबाट इजरायलका लागि उडान भरेको छ  र त्यहाँबाट नेपाली विद्यार्थी लिएर बिहीबार राति नै नेपालतर्फ आउनेछ ।

प्यालेस्टिनी लडाकु समूह हमासले गत शनिबार इजरायलमा आक्रमण गरेपछि इजरायलले पनि हमासविरुद्ध युद्ध घोषणा गरेको छ । युद्धमा परेर मृत्यु भएका १० नेपालीको शव ल्याउन भने समय लाग्ने परराष्ट्र मन्त्रालयको भनाइ छ । इजरायलमा आक्रमणपछि विश्वका धेरै देशले त्यहाँ रहेका आफ्ना नागरिकलाई स्वदेश फर्काइरहेका छन् ।अनलाइनखबरबाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय