कृष्णसार कप व्याडमिन्टन प्रतियोगिता सुरु
आइतबार, असोज २८, २०८० मा प्रकाशित

बर्दिया,असोज २८(फरकसमाचार) / गुलरियाको कर्भडहलको इन्डोरमामा जिल्ला स्तरिय व्याडमिन्टन प्रतियोगितमा सुरु हुदै छ । जिल्ला स्तरिय व्याडमिन्टन प्रतियोगिताको उद्घाटन गुलरिया नगरपालिकाका नगर प्रमुख मुक्तिनाथ यादवले उद्घाटन गर्देछन् । व्याडमिन्टन संघको आयोजना गर्न थालिएको व्याडमिन्टन प्रतियोगिता आज आईतवार देखि सुरु हुदैछ ।

आयोजकले खुला र सुपर भेन्ट्रान टिमलाई प्रतिस्पर्धा गराउँदै छ । पछिल्लो समय जिल्लामा स्थापित हुदै गईरहेको खेलको रुपमा व्याडमिन्टन भित्रिरहेको छ । प्रत्येक पालिकामा व्याडमिन्टन खेलका खेलाडीले उत्कृष्ट खेल प्रर्दशन गर्दै आएका छन् । व्याडमिन्टन अधिकांश नयाँ यूवा जनेरेशन, कार्यालयका कर्मचारी र पाका उमेरका खेलाडी यस तर्फ आकर्षित भईरहेका छन् ।

यूवा उमेर देखि पाका उमेरको रोजाईमा पर्दै आईरहेको व्याडमिन्टन प्रतियोगिता रोमान्चक हुने आयोजकले बताएको छ । कार्यक्रममा जिल्ला भरिका खेलाडीको उपस्थिति हुदैछ । खुलामा २० टिम र सुपर भेन्ट्रानमा ८ वटा टिम सहभागी हुदैछन् । व्याडमिन्टन प्रतियोगिता ७ वटा स्थानीय तहका खेलाडीले सहभागी जनाएका छन् । काम काजी खेलाडीका लागि यो खेल रोजाईमा परेको नगर व्याडमिन्टन संघका संयोजक यूवराज श्रेष्ठले बताए ।

‘खेलाडीको रोजाईमा पर्दै आएको व्याडमिन्टन गेम तुलनात्मक रुपमा काम काजीको रोजाईमा पर्दै आएको छ,’उनले भने,‘चार जनाको टिमले शारिरिक अभ्यासमा उर्जा थप्ने हुनाले काम काजी यूवा, कर्मचारी, प्रहरी कर्मचारीले समय मिलाएर खेल्ने उपयूक्त गेम पनि हो ।’ ब्याडमिन्टन प्रतियोगिता असोज २८ गते देखि कात्तिक १ गते सम्म हुनेछ ।

ब्याडमिन्टन प्रतियोगितामा भाग लिने टिमहरुलाई असोज १९ गते देखि इन्ट्री खुल्लाएर इन्ट्री असोज २५ गते सम्म समय तोकिएको थियो । प्रतियोगिता खुल्ला डबल (पुरुष) र भेट्रान डबल (पुरुष) जोडि गरि २ बिधाको हुनेछ । टिम इन्ट्रीको लागि रु २ हजार लाग्ने शुल्क आयोजकले लिएको छ । ब्याडमिन्टन प्रतियोगितामा खुल्ला डबलमा प्रथम हुने टिमलाई रु ५१ हजार पुरस्कार दिने आयोजकले जनाएको छ । खुल्ला डबल द्वितिय हुने टिमलाई रु ३१ हजार, भेट्रान डबल प्रथम टिमलाई रु ३१ हजार र भेट्रान द्वितिय हुने टिमलाई रु १७ हजार ५ सय पुरस्कार छ । त्यसैगरी उत्कृष्ट र उदयमान खेलाडीलाई जिन्सी पुरस्कार दिने आयोजकले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय