नगरस्तरिय व्याडमिन्टन प्रतियोगिता : खुल्लामा न्यौपाने, शर्मा र भेट्रानमा शाही, श्रेष्ठकोे जोडि प्रथम
बिहिबार, कार्तिक ०२, २०८० मा प्रकाशित

बर्दिया, कात्तिक २ (फरकसमाचार) / जिल्ला स्तरिय व्याडमिन्टन प्रतियोगितामा खुल्लामा शरद खड्का, अनुपम न्यौपाने र भेट्रानमा महेन्द्रजंग शाही र दिनेश श्रेष्ठको जोडि प्रथम भएको छ । नक आउँट प्रणाली मार्फत खेलाएका प्रतियोगितामा खुल्लामा खेम घले, नरेश मल्ल र भेट्रानमा रन्जन शर्मा र तुलु मल्लको जोडिले दोस्रो स्थान सुरक्षित गरेको छ ।

भेट्रानमा राजापुर नगरपालिका प्रमुख प्रशासकिय अधिकृत समेत रहेका शाही राजापुरको टिमबाट खेलेका थिए । आयोजक टिमलाई हराउँदै उत्कृष्ट खेल प्रर्दशन गरेको राजापुरको शाही र श्रेष्ठको टोलीले ट्रफि लगेको छ । खुल्लाको ट्रफि आयोजक गुलरियाले सुरक्षित गर्न सफल भयो ।

जिल्ला स्तरिय व्याडमिन्टन प्रतियोगिता गुलरिया स्थित कर्भड हलमा नयाँ निर्मित कारपेटिङ गरिएको कोडमा बुधवार सम्पन्न भएको छ । चार दिन सम्म प्रतियोगिता चलेको थियो । पक्की र बाहिर कोड खेलिरहेका व्याडमिन्टनका खेल प्रेमिलाई उत्साहित गर्न आयोजना गरिएको नगरस्तरिय व्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको हो ।

एक सातासम्म जारी व्याडमिन्टन खेलमा सात वटा पालिकाबाट ८ टिमको सहभागिता रहेको थियो । कार्यक्रम अवधिभर व्याडमिन्टन संघका अध्यक्ष बालकृष्ण ओली र जिल्ला फुटबल संघका अध्यक्ष अजितराज भण्डारीले एम्पायर गरेका थिए । स्वयमसेवकको जिम्मा स्थानीय खेलाडीले लिदा सहज तरिकाले खेल प्रतियोगिता सम्पन्न भएको प्रतिक्रिया दिएका छन् । खेलाडी वसन्त योगी र अरुण चौधरीले उत्कृष्ण खेलाडीको सम्मान पाएका छन् ।

खेलाडीलाई प्रोत्साहन सहितको सम्मान गर्दै गुलरिया नगरपालिका नगर प्रमुख मुक्तिनाथ यादव, मधुवनका नगर प्रमुख तेज बहादुर भाट, गुलरिया नगरपालिकाकी उप–प्रमुख साबित्रा गौतम र गुलरिया नगरपालिकाका बरिष्ठ अधिकृत मुकुन्द अर्यालले पुरस्कार तथा सम्मान पत्र वितरण गरेका थिए ।

कार्यक्रम संचालनको जिम्मा पाएका महेश र कार्यक्रममा सभापतित्व ग्रहण खेलाडी कैलाश श्रेष्ठले गरेका थिए । खेलाडी विचको प्रतिस्पर्धाले दक्ष खेलाडी उत्पादनमा सहयोग पुग्ने विश्वास नगर प्रमुख यादवले व्यक्त गरे । अनुशाशित, भाईचार र समाजको योगदानका लागि खेलाडी उत्पादनमा राज्यले अझै लगानी बढाउँन सके समृद्ध तर्फ जिल्ला हुदै देश उन्मुख हुने उनको भनाई छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय