ठाकुरबाबालाई १ सय १९ रनले पराजित गर्दै गुलरिया सेमिफाइनलमा
शुक्रबार, कार्तिक ०३, २०८० मा प्रकाशित

बर्दिया,कार्तिक ३(फरकसमाचार)/ नगर खेलकुद विकास समिती बारबर्दिया नगरपालिकाद्वारा आयोजित प्रथम बर्दिया पालिका स्तरीय टि–२० क्रिकेट प्रतियोगितामा बिहिवार भएको खेलमा ठाकुरबाबा नगरपालिकालाई १ सय १९ रनले पराजित गर्दै गुलरिया नगरपालिका विजयी भएको छ । टस जितेर पहिले ब्याटिङ गरेको गुलरियाले निर्धारित २० ओभरमा ३ विकेटको क्षतिमा १ सय ८५ रन बनाएको थियो । गुलरिया नगरपालिकाका क्याप्टेन समिर आचार्यले बिष्पोटक ब्याटिङ गर्दै ५८ बलमा ३ चौका र ६ वटा आकर्षक छक्काको मद्दतले नटआउट अर्धशतक ७९ रनको पारी खेलेका थिए ।

आचार्य ओपन आएर अन्तिम सम्म नटआउट रहि खेलेका थिए । यसै गरि पाँचौ नम्बर मा ब्याटिङ गर्न आएका कन्हैया थारुले १५ बलमा आकर्षक ७ छक्का र १ चौका को मद्दतले अर्धशतकिय ५२ रनको नटआउट ईनिङ खेलेका थिए भने ओपनमा आएका अभिषेक यादवले पनि ३ चौका र २ छक्का को मद्दतले ३१ बलमा ३३ रनको ईनिङ खेलेका थिए ।

१ सय ८६ रनको लक्ष्य पन्छाउदै दोस्रो ईनिङमा ब्याटिङ गर्न आएको ठाकुरबाबा नगरपालिकाका खेलाडीलाई पहिलो स्पेलमा बलिङ गर्न आएका गुलरियाका कन्हैया थारुले सुरुका ३ विकेट लिदै ४ ओभर बलिङ गर्दै २ मेडन दिएर ३ रन मात्र दिदा ठाकुरबाबाको ब्याटिङ जम्न सकेन र सम्पूर्ण टिम १५.१ ओभरमा ६६ रनमा अलआउट भएको थियो ।

ठाकुरबाबा नपाको तर्फबाट ब्याटिङमा तुफान बिष्टले २० बलमा २ चौका र १ छक्का को मद्दतले २१ रन बनाएका थिए भने बलिङ तर्फ बाकि विकेट गुलरियाका समिर आचार्यले २.१ ओभरमा बलिङ गरि १६ रन दिएर २ विकेट लिएका थिए भने रजनिश यादवले ३ ओभर बलिङ गर्दै १ मेडन सहित १२ रन दिएर २ विकेट लिएका थिए ।

विजयीसंगै गुलरिया समूहमा प्रथम हुँदै आयोजक बारबर्दियासंग कार्तिक ३ गते १ बजे सेमिफाइनल खेल्ने छ भने अर्को सेमिफाइनल खेल राजापुर र मधुवन बिच हुनेछ । प्रतियोगितामा प्रथम हुनेले १ लाख १ हजार १ सय ११ रूपैयाँ रहेको छ भने दोस्रो हुनेले ५१ हजार रूपैयाँ नगद प्राप्त गर्ने छ । प्रतियोगिताको फाइनल खेल कार्तिक ४ गते हुने बारबर्दिया नगर खेलकुद विकास समिति संयोजक विवेक डाँगिले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय