‘नयाँ मोडलको प्रादेशिक महोत्सवको योजना हामीसँग छ’
शुक्रबार, मङि्सर ०८, २०८० मा प्रकाशित

बर्दिया,मंसिर ८(फरकसमाचार) /पूरानो ढर्रा भन्दा प्रादेशिक महोत्सव २०८० लाई उत्सवको रुपमा मनाउँन नयाँ मोडलको योजनासहित उद्योग वाणिज्य संघ गुलरियाले महोत्सवको आयोजना गर्दैछ । पौष ६ गते देखि १६ गतेसम्म चल्ने प्रादेशिक महोत्सव २०८० परम्परागत रुपमा गरिदै आएको महोत्सवहरु भन्दा नयाँपन दिने संघले तयारी गरेको छ । उद्योग वाणिज्य संघ गुलरियाको सभा हलमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जिल्लालाई अन्तराष्ट्रिय रुपमा चिनाउँन बिगत देखि तयारीमा रहेको संघका अध्यक्ष देवेन्द्र पाण्डेले खुलासा गरे ।

नाफा रहित महोत्सवको आयोजना गरिएकाले स्थानीय कला संस्कृत, धार्मीक स्थल, पर्यटकिय गन्तव्यसहित जिल्लाको महत्व झल्किने बिषय बिशेष प्राथामिकतामा राखेर राष्ट्रिय कलाकार र मिडिया मार्फत यहाँ उत्पादित वस्तुको प्रबद्र्धन र व्यबसायमा उल्लेख्य बृद्धि गरी स्थानीय व्यवसायीको आय स्तर बढाउँने अपेक्षा गर्दै सबै पक्षसँग हातेमालो गर्दै अघि बढ्ने समेत संघका अध्यक्ष पाण्डेले पत्रकार माँझ प्रतिबद्धता व्यक्त गरेका छन् ।

महोत्सवको आर्कषकका रुपमा कृषि जन्य रैथाने वस्तु प्रबद्र्धन गर्ने र यहाँ नमुनाको रुपमा उत्पादित वस्तुको प्रर्दशन गरेर बाहिरबाट महोत्सव अवलोकन गर्न आउँने आगन्तुकको ध्यान आर्कषण गर्ने समेत योजना रहेको पाण्डेले खुलाए । महोत्सव भित्र आएका आगन्तुकले कला संस्कृति, मनोरन्जका लागि देशमै चलेका पिङ्ग, साइकिलिङ्ग, मौतको कुवालगायत बच्चालाई महोत्सवमा आर्कषणका साथै मनोरन्जन दिलाउँन खेल सामाग्री पस्कने संघको तयारी छ । महोत्सवमा अनुमानित लागत भन्दा बढि फाईदा भएमा महोत्सवको चलाउँनु भन्दा अघि नै भएको छलफलमै समाजिक क्षेत्रमा योगदान गरिने समेत संघका पदाधिकारी सहमत भईसकेको उनले जानकारी दिए ।

प्रादेशिक कृषि, पर्यटन तथा औद्योगिक व्यापार महोत्सवमार्फत लुकेका स्थानीय कला संस्कृतिलाई चिनाउने जमर्को गरेको उद्योग वाणिज्य संघ गुलरियाका अध्यक्ष देवेन्द्र पाण्डेले बताएका छन् । शुक्रबार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष पाण्डेले यस्तो बताएका हुन् । गुलरिया नगरपालिका–८ निलो आयल पेट्रोल पम्मको पुर्व पट्टि पौष ६ गतेदेखि १६ गतेसम्म महोत्सव संचालन हुनेछ ।

महोत्सवमा स्थानीय जातजातिका खानाका प्रकार,धर्म संस्कृति भल्काउने खालका झाँकी,बर्दिया जिल्लामा लुकेर रहेका प्रतिभा, घरेलु उद्योगबाट उत्पादित वस्तु, कला संस्कृति, धार्मिक स्थलको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा व्यापक प्रचार प्रसार गर्ने बताए । ‘महोत्सवमा राष्ट्रिय तथा स्थानीय कलाकारद्वारा भरपुर मनोरन्जन गराउने छौं’अध्यक्ष पाण्डेले भने,‘महोत्सवलाई प्रभावकारी बनाउन स्थानीय व्यवसायी,धर्म संस्कृतिका अगुवाहरुसंव समन्वय गरिरहेका छौं ।’

महोत्सव ५ करोड बराबरको कारोबार, २ सय स्टल तथा १ लाख दर्शक भित्रयाउने लक्ष्य छ । महोत्सवमा बाहिरी व्यवसायी भन्दा स्थानीय व्यवसायीलाई ३० प्रतिशत छुटमा स्टल दिने जनाईएको छ । महोत्सवको लागि टिकट दर रु १ सय छ भने विद्यार्थीलाई सहुलियत दर रु ७५ लाग्ने आयोजक उद्योग वाणिज्य संघ गुलरियाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय