महामारीमा थलिएका महिला उद्यमिलाई उठाउँने प्रयासमा छौं
मङ्गलबार, पुष २४, २०८० मा प्रकाशित

बर्दिया,पुस २४ / कोरोना महामारीमा थलिएका महिला उद्यमि व्यसायलाई पुनःजिवित पार्न निरन्तर प्रयास गरिरहेको महिला उद्यमि महासंघकि अध्यक्ष शोभा ज्ञवालीले बताएकि छन् । महिला दिदि बहिनिको एकल प्रयासले व्यबसायि बन्न सम्भव नभएकाले राज्यले सहयोग अपरिहार्य रहेको उनले बताएकि हुन् ।

महिलाले नेतृत्व गरेका व्यबसायिक कार्यहरुको बिपद उत्थानशिलता सम्बन्धि सोमबार राजापुरमा आयोजित समापन कार्यक्रममा अध्यक्ष ज्ञवालीले सम्बोधन गर्दै महिला व्यबसायिक बनेर आय आर्जनका लागि आर्थीक अभाव नै मूख्य चुरो कुरो रहेको बताईन् । ८ महिना अघि देखि बिपदले समस्याग्रस्त वनाएका महिला उद्यमलाई प्रबद्धन गर्ने उदेश्य अनुरुप राजापुर १ काम सुरु गरिएको उनले जानकारी दिईन् ।

‘महिला उद्यमि महासंघले देश भरिका दिदि बहिनिको हकहित संरक्षणको वकालत समेत गरिरहेको छ’उनले भनिन्‘ग्रामिण भेगमा महिला उद्यमिले तयार पारेका वस्तुको बजारिकरण गर्न अन्तराष्ट्रिय स्तरको संघले महोत्सव आयोजना बर्सेनि गर्ने गरेको छ ।’

महिला उद्यमि महासंघले महामारीमा शिथिल भएका होमस्टे व्यबसायिक महिला उद्यमिको व्यसायलाई उठाउँन गरिएको प्रयास सह्रानिय भएको नगर प्रमुख दिपेश थारुले बताए । ‘ईन्छा शक्ति भएका महिला उद्यमिलाई व्यबसायमा ढाल्न पर्ने हुन्छ’नगर प्रमख थारुले भने,‘तालिम मात्र लिने तर काम नर्गन खोज्ने मात्र धेरै छन् ।’ राजापुर नगरपालिकाले संघको साझेदारीमा महिला उद्यमलाई उकास्न हातेमालो गर्ने नगर प्रमुख थारुले प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा संघकि उपाध्यक्ष बसन्ति प्रधान, वडा नं १ का अध्यक्ष बाबुराम चौधरी र वडा नं २ का अध्यक्ष रामचन्द्र चौधरीले व्यबसायिक रुपमा सफल व्यबसाय वन्न महिला उद्यमि सक्रिय देखिएको बताएका थिए । महिला उद्यमिलाई सक्रिय पार्न गरिएको बिपद उत्थानशिलता कार्यक्रमको बिषयमा कार्यक्रममा सहभागि उद्यमि, जनप्रनिधि र स्थानीयले सकारात्मक प्रतिक्रिया दिएका छन् । स्रोत नागरिकन्युज

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय