महोत्सवको परिचय :  ठेला जस्तै जताततै
आइतबार, पुष २९, २०८० मा प्रकाशित

बर्दिया,पुस २९(फरकसमाचार) / सडक छेउँमा राखिने ठेलामा महत्वपूर्ण वस्तु बिक्रिका लागि राखिएपनि त्यसलाई स्थानीय प्रशासनले हटाएर सडक किलियर पार्छ । ठेलामा आर्थीक कारोबार भएपनि जथाभावि ठेला लगाउँदा दुर्घटनाको जोखिम, बजार फोहोर हुने र शहर कुरुप देखिने हुनाले सडक छेउँका ठेला हटाईन्छ ।

यस्तै गरि पूजी पलायन, उसृखलता, जुवा गाउँ गाउँमा भित्राईरहेको महोत्सवलाई निश्चित मापदन्ड भित्र स्थानीय प्रशासनले ल्याउँन पर्ने देखिन्छ । जिल्लालाई समुन्नत बनाउँन स्थानीय उत्पादनको पहिचान हुने गरी महोत्सव लगाउँदा मापदन्ड भित्र ल्याउँन नेतृत्वकर्ताबाटै पहल हुन जरुरी देखिन्छ । रमाईलोको नाममा हरेक पालिका र स–साना बजारमा कलाकार बोलाएर महोत्सव लगाउँने होडबाजीले मेलाठेला भन्ने उक्तिसँग महोत्सवको परिचयको मेल खान थालेको छ ।

बर्दिया जिल्ला यति बेला महोत्सवमय बनेको छ । अधिकांश महोत्सवमा प्रमुख अतिथिको स्वागतका लागि बालबालिकालाई घन्टौ उभ्याएर भाषण सुनाउन सजाय दिईरहेको देखिन्छ । सामाजिक संजालमा जताततै फलानो दिन फलानो कलाकार आउँने भन्ने सुचना प्रर्वाह गरेको पाईन्छ । जसले गर्दा ग्रामिण भेगमा बस्ने बिपन्न परिवारका यूवा र बालबालिकालाई आकर्षित गर्दा बिहान र साँझको जोहो नहुने घरहरु महोत्सवको कारणले बढी प्रभावित भएको खुलासा भईरहेको छ ।

जिल्लामा पुस महिनामा पाँच वटा महोत्सव आयोजना भएका छन् । सानो जिल्लामा पाँच वटा महोत्सव लगाउँदा जिल्लाको आर्थिक स्थितीमा कमजोर हुने संकेत देखिएको छ ।

अधिकांश महोत्सव निजि क्षेत्र भनेर चिनिने उद्योग वाणिज्य संघले आयोजना गर्दै आएको छ । मनपर्दी पहुँचको भरमा लगाईने महोत्सवले प्रशासनले सजिलै अनुमति दिने गरेको छ । ठेला जस्तै गरी लगातार मिति तोकेर उद्घाटन भईरहेको महोत्सवले आम सर्वसाधारण नकारात्मक असर परेको हेर्ने सरोकारवाला निकाय छैन । आ–आफ्नो तरिकाले महोत्सवको आयोजना गर्न थालेपछि आम सर्वसाधारण परिरहेको आर्थीक भारलाई सम्बोधन हुन सकेको छैन । महोत्सवमा नाफा गर्ने उदेश्य देखाएर आयोजना गरिने महोत्सवमा चर्खे, गिलास, नगद राखेर खेलाईने जुवामा महोत्सव अवलोक गर्न पुग्ने सर्वसाधारण बेखर्चि हुने गरेका छन् । महोत्सवमा सर्वसाधारण ठगिने त्यस्ता जुवा खुलेआम खेलाउँने गरेको पाईन्छ ।

जिल्लाको सदरमुकाम गुलरियामा एउटा महोत्सव सकिए लगत्तै अर्का चार वटा महोत्सव संचालन भएका छन् । राजापुर र गेरुवामा एकै दिन महोत्सवको उद्घाटन भएको छ । अघिल्लो बर्ष राजापुर उद्योग बाणिज्य संघले महोत्सव आयोजना गरेको थियो । पुनः महोत्सवको आयोजना गरिरहँदा अघिल्लो बर्षको नाफा वा घाटाको बिषयमा तैं चुप मै चुपको अवस्थामा पदाधिकारी छन् । स्थानीय पालिका,जिल्लामा आएका नयाँ उद्यागी, सडक बनाउँने निर्माण कम्पनीलाई नेताको पहुचको भरमा मूख्य प्रायोजक बनाएर रकम असुल गरेर महोत्सव संचालन गर्ने आयोजकको अर्को नराम्रो पाटो हो ।

बढैयातालको र बाँसगढीमा लागेको महोत्सव केही दिन फरकमा संचालन भईरहेका छन् । कमाउने उदेश्यले जथाभावी महोत्सवको आयोजना गरेर स्थानीय सरकारसंग आर्थिक सहयोग माग्दा स्थानीय पालिकाहरुले जनतासँग उठाएको कर बालुवामा पानी हाले सरह हुने निश्चित देखिन्छ । जताततै महोत्सव आयोजना जनता बेखर्चि भईरहेको अवस्थामा स्थानीय पालिकाले जनतासँग कर मागेर महोत्सवमा लगानी गर्ने गरेका छन् ।

माघी पर्वलाई मध्यनजर गरि उद्योग वाणिज्य संघले चार वटा महोत्सवसंगसंगै संचालन भएका छन् । महोत्सवका आयोजकले न्यूनतम रु ५० हजार देखि अधिकतम रु ३ लाख ५० हजार सम्मका मँहङगो कलाकार मगाउने गरेका छन् । बाहिरका कलाकार जिल्लाको दश ठाउँमा बोलाउँदा जिल्लाको पूजी पलायन भईरहेको बिषयमा कहि कतैबाट कुरा उठेको छैन । महोत्सवमा लुम्बिनि प्रदेशका मूख्य मन्त्री दिल्ली बहादुर चौधरी देखि जल्दा बल्दा माननिय बोलाएर उद्घाटन गर्दा महोत्सवमा हुने उसृखलताको बारेमा स्थानीय प्रशासन मौन बस्ने गरेको अवलोकन कर्ता आँकलन गर्छन् ।

महोत्सवमा अधिकांश स्टलहरु बाहिर जिल्लाकै देखिन्छन् । त्यस्तै कलाकारलाई दिने रकम सर्वसाधारणबाट उठेको रकम बुझाउने हुँदा पाँच वटा महोत्सवले जिल्लाको आर्थिक स्थिती नाजुक हुने सम्भावना छ । आर्थिक स्थिती कमजोर भएपछि विकास निर्माणलगायत काममा अवरोध पुग्नुका साथै सर्वसाधारणको दैनिकी कष्टकर हुने आँकलन छ ।

जिल्लामा एउटा दुईटा महोत्सव आयोजना गर्नु ठिकै हो । तर,जिल्ला स्थित रहेका आठ वटा उद्योग वाणिज्य संघ मध्ये पाँच वटाले महोत्सवको आयोजना गर्ने हो भने यहाँको पुजी पलायनका बिषयमा सामाजिक संजालमा चर्चा हुने गरेको छ । कमाउने बहानामा उद्योग वाणिज्य संघहरुले समन्वय नगरि आ–आफ्नै तरिकाले लगाउन थालेपछि सर्वसाधारण रुष्ट भएका छन् । जिल्ला स्थित रहेका उद्योग वाणिज्य संघहरुको तालमेल नमिलेकोले यस्तो हालत आएको सर्वसाधारणले प्रतिक्रिया दिएका छन् । यदि तालमेल मिलेको भए एक साल एउटाले अर्को साल अर्कोले पालैपालो लगाउथे होला । तर,उद्योग वाणिज्य संघहरुले सानो जिल्लामा महोत्सव लगाउने होडबाजी गर्दा जिल्लाको आर्थिक स्थिती खस्किने आँकलन छ ।

गुलरिया नगरपालिकाले महोत्सवबाट बचेको रकम सामाजिक कार्यमा लगाउने घोषणा गरेको छ । त्यस्तै बढैयातालले बचेको रकम सामाजिक र व्यवसायी प्रर्वद्धनमा लगाउने उद्घोष गरेको छ । बाँकीले कमाएको रकम कहाँ लगाउने तथ्य सार्वजनिक गरिएको छैन ।
व्यापार नचल्दा खर्च र बैंकको ऋण बुझाउन व्यापारीलाई हम्मेहम्मे भईरहेको बेला पाँच वटा महोत्सवको आयोजना गर्नु दुखद रहेको सर्वसाधारणले बताउँछन् । व्यवसाय नचल्दा सर्वसाधारणसंग रुपियाँ नरहेको व्यवसायीहरुले टिप्पणी गर्छन् । फुलबारी युवा क्लवले लगाएको गुलरिया मंसिर २ गतेदेखि १० गतेसम्म संचालन गरेको महोत्सव नचलेर बन्द भएको थियो ।

उद्योग वाणिज्य संघ गुलरियाले पौष ६ गते देखि पौष १६ गतेसम्म महोत्सव सम्पन्न गरेको छ । बढैयाताल उद्योग वाणिज्य संघले पौष २६ गतेदेखि माघ ७ गतेसम्म महोत्सव संचालन भईरहेको छ । त्यसैगरि राजापुर र गेरुवा उद्योग वाणिज्य संघले पौष २७ देखि माघ ९ सम्म महोत्सव संचालन भएका छन् । बाँसगढी उद्योग वाणिज्य संघले पौष २९ देखि माघ ९ गतेसम्म महोत्सव संचालन गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय