लागु औषध सेवनकर्तालाई प्रहरीले धमाधम पक्राउ गर्दै
शुक्रबार, बैशाख १४, २०८१ मा प्रकाशित

बर्दिया,बैशाख १४(फरकसमाचार)/ लागु औषध ओसार पसार गर्ने, सेवनकर्ता तथा संलग्न रहेका व्यक्तिलाई प्रहरीले धमाधम पक्राउ गर्न थालेको छ । लागु औषधमा संलग्न व्यक्तिहरुको खोजी गर्दै प्रहरीले धमाधम पक्राउ गर्न थालेको हो ।

लागु औषध न्युनिकरण गर्न प्रहरीले दुई किसिमले अघि बढेको जिल्ला प्रहरी कार्यालयका डिएसपी तुल्सीराम अर्यालले बताए । ‘लागु औषध न्युनिकरणको लागि जनचेतनामुलक कार्यक्रम मार्फत विद्यालय र समुदायमा पुगेका छौं’ डिएसपी अर्यालले भने,‘त्यसैगरि लागु औषधमा संलग्नलाई कानुनी कारवाही गरि अघि बढेका छौं ।’ लागु औषध बढी ओसार पसार हुने सिमा क्षेत्रमा सादा पोशाकमा प्रहरी परिचालन गरेर निगरानी बढाएका छौं ।

अघिल्लो साता देखि लागु औषधमा संलग्न रहेका आठ जना व्यक्तिहरुलाई प्रहरीले पक्राउ गरिसकेको छ । मधुवन नगरपालिका–७ स्थितबाट बुधबार लागु औषधसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । २१ वर्षिय लोक बहादुर भण्डारी र १९ वर्षिय सागर आलेलाई प्रहरीले लागु औषध ब्राउन सुगरसहित नियन्त्रणमा लिएको हो । लागु औषध खरिद बिक्री भईरहेको सुचनाको आधारमा खटिएको प्रहरी टोलीले दुवै जनालाई नियन्त्रणमा लिएको छ । ३ सय ४० मिलीग्राम लागु औषध ब्राउन सुगर प्रहरीले दुवै जनालाई नियन्त्रणमा लिएको छ ।

बढैयाताल गाउँपालिका–७ ताँतिगाउँ एरियाबाट प्रहरीले मंगलबार दुई जनालाई नियन्त्रणमा लिएको छ । मधुवन नगरपालिका–९ का ३० वर्षिय ईश्वर नेपाली र २८ वर्षिय मनोज सुनारलाई लागु औषधसहित प्रहरीले पक्राउ गरेको छ । । दुवै जनाको साथबाट लागु औषध ब्राउन सुगर जस्तो देखिने २ ग्राम ४ सय ६० मिलीग्राम बरामद भएको छ । बैशाख ८ गते बढैयाताल गाउँपालिका–६ रानीपुर स्थितबाट बाँसगढी नगरपालिका–५ का २० वर्षिय बिक्रम कुँवर र भारत जिल्ला बहराईच थाना मोतिपुर बलैगाउँका २५ वर्षिय ताहिर अलि लागु औषध सहित पक्राउ परेका थिए ।

त्यसैगरि बैशाख ४ बढैयाताल गाउँपालिका–२ फुटाहा र बढैयाताल गाउँपालिका–६ स्थित फरक फरक ठाउँबाट प्रहरीले २७ किलो लागु औषध चरेशसहित दुई जनालाई पक्राउ गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय