‘निजी विद्यालयको निगरानी नगरपालिकाले गर्छ’
शुक्रबार, बैशाख १४, २०८१ मा प्रकाशित

बर्दिया,बैशाख १४(फरकसमाचार)/ गुलरिया नगरपालिका अन्र्तगत रहेका संस्थागत विद्यालयको नियमित निगरानी नगरपालिकाले गर्ने नगर प्रमुख मुक्तिनाथ यादवले बताएका छन् । गुलरिया नगरपालिकाद्वारा बिहीबार आयोजना संचारकर्मीसंग अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख यादवले यस्तो बताएका हुन् । संस्थागत विद्यालयको प्रत्येक दिनको गतिविधि अपडेट राख्न नगर प्रमुख यादवले शिक्षा शाखाका प्रमुख सतिस कुमार यादवलाई निर्देशन दिएका छन् ।

‘अहिले भर्ना अभियान चलिरहेको छ’ नगर प्रमुख यादवले भने,‘संस्थागत विद्यालयले भर्नाको नाममा बढी रकम असुली गरेको व्यापक गुनासो छ ।’ त्यसैले प्रत्येक संस्थागत विद्यालयले कति विद्यार्थी भर्ना गरे । कति विद्यार्थीलाई छुट गरे प्रत्येक दिनको जानकारी लिन जरुरी छ । संस्थागत विद्यालयका पदाधिकारीलाई बोलाएर बैठक गरिसकेका छौं ।

यदि कुनै संस्थागत विद्यालयले बढी रकम अशुल गरेको पाईएमा कारवाही गर्ने नगर प्रमुखले चेतावनीसमेत दिएका छन् । बालबालिकालाई संस्थागत बिद्यालयले पढ्ने समय समेत खेलबाड गर्ने गरेको छ । बालबालिकाले पढ्ने समय १० बजे देखि ४ बजे सम्म हो । तर सामुदायिक बिद्यालयका शिक्षकलाई भाडामा बोलाएर समय मिलान गर्न संस्थागत विद्यालयमा भर्ना बालबालिकालाई बिहान ८ बजे देखि कक्षा संचालन गर्दा अभिभावक र बिद्यार्थी मर्कामा परेका छन् । यसरी संस्थागत बिद्यालयले बिद्यार्थीको बाल अधिकार खुलेआम हनन् गर्दे आएको छ ।

गुलरिया नगरपालिकाले शिक्षा क्षेत्रलाई प्राथमिकतामा राखेर कक्षा १ देखि १२ सम्म निशुल्क शिक्षाको व्यवस्था गरेको नगर प्रमुख यादवले सुनाए । ‘गुलरिया नगरपालिका टुहुरो आर्थिक स्थिती कमजोर भएका बालबालिका आर्थिक सहयोग उपलब्ध गराएको पढाएको छ’नगर प्रमुख यादवले भने,‘यदि आर्थिक स्थितीको कारण पढ्न नपाएका बालबालिका छन् भने नगरपालिकाको सम्पर्कमा ल्याईदिनुहोला ।’ शैक्षिक क्षेत्रको विकासको लागि गुलरिया नगरपालिका कुनै कमि नराखेको सुनाए । विद्यालयको खानेपानी विद्युत बिलसमेत नगरपालिकाले आफै बुझाएको जनाए ।

गुलरिया नगरपालिकाले बजार क्षेत्रमा रहेको शौचालय तत्काल मर्मत सम्भार गर्नेछ । त्यसैगरि बजार क्षेत्रमा चोरी डकैती बढेकोले उपयुक्त स्थानमा सिसि क्यामरा जडान गर्ने योजना रहेको नगर प्रमुख यादवले भनाई राखे । नगरपालिकाको बजेटले भ्याए जति सडक निर्माण गरेको छ । बजेट अभाव भएर नभएका विकासको काम आगामी आर्थिक वर्षमा गर्ने सुनाए । नगरपालिकाले नगरवासीलाई दिने सेवा प्रभावकारी बनाउन अग्रसर रहेको नगर प्रमुख यादवले धारणा व्यक्त गरे ।

त्यसैगरि अन्तरक्रिया कार्यक्रममा संचारकर्मीले उठाएका जिज्ञासाको नगर प्रमुख यादवले सम्बोधन गरेका थिए । अन्तरक्रिया कार्यक्रममा गुलरिया नगरपालिकाका नगर प्रमुख मुक्तिनाथ यादव,उप–प्रमुख सावित्रा गौतम, प्रमुख प्रशासकीय अधिकृत ओमकार शाह, वरिष्ठ शाखा अधिकृत मुकुन्द अर्याल, लेखा अधिकृत रुप सिंह खत्री, शिक्षा शाखाका प्रमुख सतिस यादव, प्रशासन शाखाका प्रमुख कपिल घिमिरे लगायत संचारकर्मीहरुको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय