सिमावर्ती क्षेत्रमा काठ तस्करी
मङ्गलबार, बैशाख २५, २०८१ मा प्रकाशित

बर्दिया,बैशाख २५(फरकसमाचार)/ सिमावर्ती क्षेत्रमा व्यापक काठ तस्करी भईरहेको सर्वसाधारणले गुनासो गर्छन् । यस अघि सिमावर्ती क्षेत्रमा रहेका कयौं समिलहरुबाट प्रहरीले कयौं पटक अबैध काठ बरामद गरेको तथ्य छ । तर, तस्करी गर्ने उदेश्यले सिमावर्ती क्षेत्रमा संचालनमा ल्याईएका समिललाई फितलो कारवाही हुँदा काठ तस्करी नरोकिएको सर्वसाधारणको बुझाई छ ।

लुकाई छिपाई राखेको अबैध काठ आइतबार प्रहरीले बरामद गरेको छ । गुलरिया नगरपालिका–९ मथुरी स्थितबाट प्रहरीले काठ बरामद गरेको हो । प्रहरी तथा डिभिजन वन कार्यालयद्वारा खटिएको संयुक्त टोलीले लुकाई छिपाई राखेको अवस्थामा काठ बरामद गरेको छ ।

मथुरा स्थित संचालनमा रहेको देशराज कुर्मीको शिव सहमिलबाट प्रहरीले काठ बरामद गरेको छ । अबैध रुपमा काठ ल्याई राखेको सुचनाको आधारमा काठ बरामद भएको प्रहरीको भनाई छ । सागवन जातको एउटा गोलिया र चिरान गरी राखेको २१ दशमलव ७ सय ७५ क्यूफिट काठ बरामद भएको छ ।

त्यसैगरि गुलरिया नगरपालिका–११ गणेशपुर स्थितबाट मुल्य रु ७ हजार ८ सय बराबरको साइकलको टायर र १२ बोत्तल पिये पदार्थ प्रहरीले बरामद गरेको छ । बरामद अबैध सामान भारतबाट ल्याएको प्रहरीको दावी छ । बरामद अबैध सामान राजापुर भन्सार कार्यालयमा र बरामद काठ डिभिजन वन कार्यालय गुलरियामा बुझाईएको जिल्ला प्रहरी कार्यालय गुलरियाका प्रहरी निरीक्षक कुशल सिंह ठकुरीले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर