अबैध काठसहित अन्य सामान बरामद
बुधबार, बैशाख २६, २०८१ मा प्रकाशित

बर्दिया,बैशाख २६(फरकसमाचार)/ अबैध काठसहित अन्य सामान प्रहरीले बरामद गरेको छ । जिल्लाको विभिन्न स्थानबाट प्रहरीले अबैध काठ र सामान सोमबार बरामद गरेको हो ।

बढैयाताल गाउँपालिका–२ जमुनी स्थितबाट साल जातको ५ क्यूफिट गोेलिया काठ प्रहरीले बरामद गरेको छ । प्रहरीका अनुसार बरामद गोलिया काठको मुल्य रु ९ हजार ५ सय बराबर छ ।

गुलरिया नगरपालिका–७ स्थितबाट मुल्य रु ५ हजार बराबरको कुकुरलाई खुवाउने हड्डी (चारो)५० किलोग्राम बेवारिसे अवस्थामा फेला परेको छ । त्यसैगरि गुलरिया नगरपालिका–११ गणेशपुर स्थितबाट मुल्य रु २४ हजार बराबरको अबैध मोबिल ४० बोत्तल बेवारिसे अवस्थामा फेला परेको छ । बरामद काठ इलाका वन कार्यालय मैनापोखर र सामान राजापुर भन्सार कार्यालयमा बुझाईएको जिल्ला प्रहरी कार्यालय गुलरियाका प्रहरी निरीक्षक कुशल सिंह ठकुरीले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर