अनुसन्धानको दायरा फराकिलो पारेर प्रहरीले छानबिन गर्छ : एसपि धिताल
बुधबार, बैशाख २६, २०८१ मा प्रकाशित

बर्दिया,बैशाख २६/ राजापुर नगरपालिका–१ का निर्वतमान अध्यक्ष खुसी राम चौधरीको आत्महत्या बिषयमा प्रहरीले अनुसन्धानको दायरा फराकिलो पारेको छ । उजुरीको आधारमा अनुसन्धानको दायरा फराकिलो पारेर त्रुटि रहित अनुसन्धान गर्ने प्रहरीले जनाएको छ । सामाजिक संजालमा भिडियो वत्तव्य सार्वजनिक गरेर राजापुर नगरपालिका–१ का निर्वतमान अध्यक्ष चौधरीले सोमबार आत्महत्या गरेका थिए ।

आत्म हत्या गर्नु अघि उनले सामाजिक संजालमा बैक वा बित्तिय संस्थामा सावा व्याज बुझाउँन कर्मचारीको दबाब थेग्न नसक्दा आत्महत्याको बाटो रोजेको भिडियोमा बोलेको छन् । एभरेष्ट र ज्योती विकास बैकका कर्मचारीले आफूलाई आत्म सम्मानमा ठेस पुराएकाले कानुनी कारबाहीका लागि सामाजिक संजालमा पोष्ट भएको भिडियो मार्फत माग गरेका छन् ।

एभरेष्ट बैकका लोन प्रमुख मनोज अर्याल र ज्योती विकास बैकका कर्मचारीले आत्म हत्याको बाटो रोज्न बाध्य पारेको बताउँदै न्यायका लागि अदालतसम्म पुग्न आफन्तसंग आग्रह गरेका छन् । उक्त भिडियोमा आत्म हत्या गर्ने बाटो रोजेकाले सम्पुर्ण आफन्तसँग क्षमा याचना समेत मागेका छन् । तर, कसले भिडियो खिच्यो, कसले पोष्ट ग¥र्यो वा उनलै गरे वा आत्महत्या गर्नु अघि कसले भिडियो पोष्ट गरेको अझै खुलेको छैन । यतिबेला उक्त भिडियो सामाजिक संजालमा भाईरल बनेको छ ।

मृतक चौधरीका आफन्तले ईप्रका राजापुरमा उजुरी दर्ता गरिसकेको प्रहरीले जनाएको छ । मृत्यु बरण गर्नु भन्दा अघि नाम लिएका व्यक्तिसँग सोधपुछ गर्ने प्रहरी प्रमुख प्रबिण धितालले बताए । ‘अनुसन्धानको दायरा फराकिलो पारेर प्रहरीले अनुसन्धान गर्छ,’उनले भने,‘बैकका कर्मचारीले लोन उठाउँनका लागि दबाब दिएको भिडियोमा उल्लेख भएकाले सोधपुछ प्रहरीले गर्छ ।’ बैक कर्मचारीको असल नियतले कर्जा उठाउँन खोजेको देखिएमा थुनामा राखेर अनुसन्धान गर्न नमिल्ने उनी तर्क गर्छन् ।

प्रहरीले ऋणीको म्याद हुदा हुदै व्याज वा सावा मागेको हो वा होईन समेत अनुसन्धान गर्न प्रहरीले प्रक्रिया अघि बढाएको छ । ऋणीलाई अनावश्यक दबाब दिएर अतिरिक्त रकम असुल गर्न प्रयास गरेको सम्बन्धमा समेत छानबिन गर्न प्रहरीले अनुसन्धान फराकिलो पारेको प्रहरी स्रोत बताउँछन् ।

अनैतिक कार्य गरेर बैक कर्मचारीले दबाब दिएको भेटिएमा बैकका कर्मचारीलाई दुरुसाहन मुद्दा चल्न सक्ने ऐनमा व्यबस्था छ । घटना घट्नु अघि सार्वजनिक भएका बिषयमा प्रहरीले बृस्तृत अनुसन्धान सुरु गरिसकेको प्रहरी प्रमुख प्रबिण धितालले जानकारी दिए । निष्पक्ष घटनाको छानबिन गरी त्रुटि रहित अनुसन्धान गर्ने धितालले जानकारी दिए । स्रोत नागरिकन्युज

प्रतिक्रिया

सम्बन्धित खवर