बढैयातालमा विपद ब्यवस्थापन सम्बन्धि तालिम
बुधबार, बैशाख २६, २०८१ मा प्रकाशित

दलबहादुर सुनार

बर्दिया,बैशाख २६/ बढैयातालमा विपद जोखिम ब्यवस्थापन सम्बन्धि तालिम लिएका जनशक्तिलाई प्रमाण पत्र वितरण गरिएको छ । बाँके यूनेस्को क्लबको बालिका सशक्त परियोजनाको आयोजनामा जलवायू परिवर्तन विपद जोखिम ब्यवस्थापन तथा आधारभूत मानविय मापदण्ड सहायता सम्बन्धी ५ दिने क्षमता विकास सम्बन्धीको तालिम लिएका जनशक्तिलाई प्रमाण पत्र प्रदान गरिएको हो ।

बढैयातालको मैनापोखरमा बैशाख २१ गते देखि २५ गते बुधबार सम्म सञ्चालन भएको तालिमको समापन कार्यक्रम बढैयाताल गाउँ पालिकाका अध्यक्ष हिमालय त्रिपाठीको प्रमुख आतिथ्यमा भएको थियो ।

विपद जोखिमबाट कासरी बच्ने र जोखिम युक्त घटनाबाट कसरी बचाउन सकिन्छ, जोखिमलाई कसरी ब्यवस्थापन गर्न सकिन्छ भन्ने उद्देश्यले आयोजित क्षमता विकास तालिमको समापन कार्यक्रम बाँके यूनेस्को क्लबका अध्यक्ष रवि कुमार तुलाधारको अध्यक्षतामा भएको थियो ।
प्लान इन्टरनेश्न नेपालको सहयोग र बढैयाताल गाउँपालिकाको समन्वयमा सञ्चालन भएको तालिममा २४ जना सहभागी र प्रशिक्षक द्वय महेश गौतम र लौटन थारुलाई प्रमाण पत्र प्रदान गरिएको संस्थाले जनाएको छ ।

बालिका सशक्त परियोजनाका कार्यक्रम अधिकृत इश्वर बिकले सञ्चालन गरेको कार्यक्रममा बाँके यूनेस्को क्लबका संरक्षक प्रबेज अलि सिद्धिकी, कार्यकारी निर्देशक सावेज अलि सिद्धिकी, विपद फोकल पर्शन बढैयातालका संयोजक रमेश पौडेल बालिका सशक्त बालिका परियोजनाका संयोजक गोविन्द लामिछानेलगायतको उपस्तिथि रहेको परियोजनाका सुपरभाइजर राम बहादुर थारुले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर