श्रम स्वीकृती लिएर मात्र वैदेशिक रोजगारीमा जान आग्रह
सोमबार, असार ०२, २०८२ मा प्रकाशित

बर्दिया,असार २(फरकसमाचार)/ श्रम स्वीकृतीलगायत सम्पुर्ण कानुनी प्रक्रिया पु¥याएर मात्र वैदेशिक रोजगारीमा जान आग्रह गरिएको छ । गुलरिया नगरपालिकाको आयोजनामा आइतबार आयोजित सुरक्षित आप्रवासन कार्यक्रममा यस्तो आग्रह गरिएको हो । सिमित रोजगारी र गरिबीका कारण बिना सिप र बिना कानुनी प्रक्रिया पु¥याएर वैदेशिक रोजगारमा जाँदा दुःख पाउने गरेको जताततै सुनिन्छ ।

त्यस्तो समस्याबाट सर्वसाधारणलाई जानकार बनाएर सुरक्षित गराउन सुरक्षित वैदेशिक रोजगार सम्बन्धि संचारकर्मीहरुसंग अन्तरक्रिया गरिएको छ । कानुनी प्रक्रिया पु¥याएर विदेशिदा समस्या पर्दा सरकारले उद्दारलगायत क्षतिपुर्तिका सेवा सुविधा प्रदान गर्ने जनाईएको छ ।

नेपालबाट श्रम स्वीकृत लिएर बैदेशिक रोजगारमा जानेको संख्या ८३ लाख नाघिसकेको र हाल दैनिक सरदर २ हजार ३ सय जना वैदेशिक रोजगारमा जानेको वैदेशिक रोजगार विभागको तथ्यांकले पुष्टि गर्छ । त्यसैगरि श्रम स्वकृति नलिई वैदेशिक रोजगारमा जानेको संख्या पनि उल्लेख्य रहेको विभागको तथ्यांकले देखाएको छ ।

गत आर्थिक वर्ष ०८०/०८१ मा बर्दियाबाट ८ हजार ६ सय १८ जनाले श्रम स्वीकृति लिएको वैदेशिक रोजगार विभागले तथ्यांकले देखाएको छ । त्यसैगरि चालु आवको बैशाखसम्म बर्दियाका ७ सय ५६ जनाले नविकरणसहितको वैदेशिक रोजगारीमा श्रम स्वीकृती लिएको देखिन्छ । १० महिनामा ८ हजार ६ सय ४२ जनाले श्रम स्वीकृती र पुनःश्रम स्वीकृती लिएको तथ्यांक छ ।

जसमा महिला ७ सय ५६ रहेका छन् । गुलरिया नगरपालिकाको सहयोगमा जिल्ला प्रशासन कार्यालयको हाताभित्र रहेको आप्रवासी स्रोत केन्द्रबाट २ हजार ९ सय ९७ जनाले सम्भावित कामदार र ३ सय ९३ जनाले भिजिट विद्यार्थीको भिसाको लागि सेवा लिएको जनाईएको छ ।

अन्तरक्रिया कार्यक्रममा वैदेशिक रोजगारका सवालमा संचारकर्मीको संवेदनशिलता, नीतिगत समाचार संप्रेषण, गोपनियता, शिर्षकले समाजमा पार्नसक्ने असर र आचारसंहिताको बारेमा नेपाल पत्रकार महासंघका अध्यक्ष निर्मल घिमिरेले प्रस्तुतीकरण गरेका थिए ।

वैदेशिक रोजगारमा जाँदा सम्पुर्ण कागजी प्रक्रिया पु¥याएर मात्र जान गुलरिया नगरपालिकाकी उप–प्रमुख सावित्रा गौतमले बताईन् ।

वैदेशिक रोजगारमा जाने व्यक्तिहरुको सहजताको लागि गत वर्ष देखि गुलरिया नगरपालिकाले श्रम स्वीकृती दिईरहेको प्रमुख प्रशासकीय अधिकृत ओमकार शाहले बताए । ‘वैदेशिक रोजगारमा गएका कतियौं दुःख पाईरहेका हुन्छन्,’उनले भने,‘त्यस्तो दुःख नपाउन सम्पुर्ण चिजको बारेमा जानकारी लिएर मात्र वैदेशिक रोजगारीमा जाने गरौं ।’

उक्त अन्तरक्रिया कार्यक्रम प्रमुख प्रशासकीय अधिकृत शाहको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा गुलरिया नगरपालिकाका वरिष्ठ शाखा अधिकृत मुकुन्द अर्यालय,वडा नं. ७ का वडा अध्यक्ष मनोज कुमार यादवलगायत संचारकर्मीहरुको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय