बर्दिया,असार ४ (फरकसमाचार)
लागू औषध ब्राउन सुगरसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । बढैयाताल गाउँपालिका–१ शान्तिपुर स्थितबाट प्रहरीले लागू औषधसहित दुई जनालाई सोमबार पक्राउ गरेको हो । लागू औषधको कारोबार भईरहेको गोप्य सुचनाको आधारमा प्रहरी टोली खटिएको थियो ।
बाँके खजुरा गाउँपालिका–१ बेलडाँडाका २८ वर्षीय तुल प्रसाद थापा र ३१ वर्षीय प्रकाश थापालाई प्रहरीले पक्राउ गरेको हो । प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिई चेकजाँच गर्दा लागू औषध फेला परेको हो ।
प्रहरीका अनुसार दुवै जनाको साथबाट ८० मिलिग्राम लागू औषध ब्राउन सुगर फेला परेको छ । दुवै जनालाई नियन्त्रणमा लिई अदालतबाट ५ दिनको म्याद लिई इलाका प्रहरी कार्यालय मैनापोखरमा राखी थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक चक्र बहादुर डमरपालले जानकारी दिए ।