बिहिबार, असार ०५, २०८२
मा प्रकाशित
1040
Shares
बर्दिया, असार ४(फरकसमाचार) / सवारी ज्यान मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । राजापुर नगरपालिका–८ का २९ वर्षिय विनोद कुमार चौधरीलाई प्रहरीले बुधबार पक्राउ गरेको हो । गुलरिया नगरपालिका–५ तुलापुर चोक स्थितबाट लुकिछिपि हिडिरहेको अवस्थामा प्रहरीले चौधरीलाई नियन्त्रणमा लिएको हो ।
अदालतले चौधरीलाई २०८१ साल मंसिर १८ गते सवारी ज्यान मुद्दामा ६ महिना कैद सजाय र रु २ हजार जरिवानाको फैसला गरेको थियो । अदालतले सजाय तोकेदेखि चौधरी फरार रहेका थिए ।
चौधरीलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि अदालतमा दाखिला गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक चक्र बहादुर डमरपालले जानकारी दिए ।