४७ हजार बराबरको अबैध सामान बरामद
बिहिबार, असार ०५, २०८२ मा प्रकाशित

बर्दिया,असार ४ 9फरकसमाचार0/ भन्सार छली अबैध रुपमा ल्याएको सामान प्रहरीले बरामद गरेको छ । गुलरिया नगरपालिका–५ शहिदगेट स्थितबाट अबैध सामान प्रहरीले बुधबार बरामद गरेको हो ।

बरामद भएको अबैध सामान भारतबाट ल्याईको प्रहरीको दावी छ ।प्रहरीका अनुसार बरामद सामानको मुल्य रु ४७ हजार ७ सय बराबरको युरिया, डिएपि मल, मकैको बिउ, चरी घा“सको बिउ, मोनोजिक र शक्तिमान रहेको छ ।

बरामद सामान राजापुर भन्सार कार्यालय गुलरियामा बुझाईएको जिल्ला प्रहरी कार्यालयका डीएसपी चक्र बहादुर डमरपालले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय