दुई दिने महिला सशक्तिकरण कार्यक्रम सम्पन्न
शुक्रबार, असार ०६, २०८२ मा प्रकाशित

बर्दिया, असार ६ /  दुई दिने महिला सशक्तिकरण कार्यक्रम सम्पन्न भएको छ । बुधबार देखि सुरु भएको महिला सशक्तिकरण कार्यक्रम बिहीबार सम्पन्न भएको हो । उक्त कार्यक्रम लुम्बिनी प्रदेश सांसद मालती सोडारीको अध्यक्षतामा सम्पन्न भएको छ ।

पत्रकार महासङ्घ बर्दियाका अध्यक्ष निर्मल घिमिरे र जिल्ला समन्वय समितिका प्रमुख सूर्य बहादुर बिष्टले आफ्नो शुभकामना मन्तव्य राखेर कार्यक्रमको आरम्भ गरेका थिए । गुलरिया नगरपालिकाका वरिष्ठ शाखा अधिकृत मुकुन्द अर्यालले कार्यक्रममा सहजीकरण गरेका थिए । ‘प्राकृतिक रूपले महिला र पुरुषमा जम्मा पाँच वटा भिन्नता हुन्छ,’ शाखा अधिकृत अर्यालले भने,‘यही पाँच वटा भिन्नतालाई समाजले पाँच हजार वटा भिन्नतामा परिवर्तन गरेको छ ।’

महिलालाई हेर्ने दृष्टिकोणको परिवर्तन होस् र महिलाहरू पनि घरको चुलो चौकामा व्यस्त नभई राजनीतिक सामाजिक तथा आर्थिक पक्षमा प्रबल हुनुपर्छ भन्ने प्रशिक्षक अर्यालको भनाई छ । महिला समाजको आधा हिस्सा हो, त्यस कारण व्यवस्था परिवर्तनसँगै महिलालाई समाजले हेर्ने दृष्टिकोणको परिवर्तन र महिलालाई राजनीतिक सामाजिक तथा आर्थिक रूपले प्रबल बनाउने यो कार्यक्रमको मुख्य उद्देश्य रहेको जनाईएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय