बर्दिया,भदौ ४ (फरकसमाचार)/ लागू औषधसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ । विभिन्न ठाउँबाट लागू औषधसहित चार जनालाई प्रहरीले सोमबार पक्राउ गरेको हो ।
बढैयाताल गाउँपालिका–८ स्थित भारतबाट नेपालतर्फ आउँदै गरेको अवस्थामा गुलरिया नगरपालिका–७ गुलरिया गाउँका २४ वर्षीय निरन्जन यादव र २७ वर्षीय पवन कुमार यादवलाई नियन्त्रणमा लिई चेकजाँच गर्दा ३० मिलिग्राम लागू औषध ब्राउन सुगर जस्तो देखिने गिलो पदार्थ फेला परेको प्रहरीले जनाएको छ ।
यस्तै बढैयाताल गाउँपालिका–८ स्थितबाट गुलरिया नगरपालिका–११ का २५ वर्षीय रुपेश खटिकलाई ७० मिलिग्राम ब्राउन सुगर जस्तो देखिने गिलो पदार्थ र गुलरिया नगरपालिका–९ डब्बा गाउँबाट गुलरिया नगरपालिका–१० प्रयागपुरका ४३ वर्षीय सुरेश लोधलाई २ सय मिलिग्राम लागू औषध ब्राउन सुगर जस्तो देखिने धुलो पदार्थ फेला परेको प्रहरीले जनाएको छ ।
चारै जनालाई नियन्त्रणमा लिई मंगलबार अदालतबाट ५ दिनको म्याद लिई थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालयका डीएसपी चक्र बहादुर डमरपालले जानकारी दिए ।