लुम्बिनीको वृहत्तर विकास गरिने : मन्त्री भट्टराई
बिहिबार, फागुन २९, २०७६ मा प्रकाशित

काठमाडों, फागुन २९ : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले लुम्बिनीको वृहत्तर विकासका लागि सरकारले काम गरिरहेको बताए ।

 

लुम्बिनी परिषद्को बैठकलाई आज सम्बोधन गर्दै उनले लुम्बिनीको विकासका लागि धेरै अध्ययन भएकाले तिनै अध्ययनका आधारमा लुम्बिनीको विकास गरिने बताए । नेपाल चिनाउने स्थल लुम्बिनी भएको उल्लेख गर्दै मन्त्री भट्टराईले गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि लुम्बिनीको विकासमा टेवा पुग्ने विश्वास व्यक्त गरे ।

 

लुम्बिनी नेपालको प्रमुख पर्यटकीय क्षेत्र भएकाले यसको विकास गरेर पर्यटकलाई आकर्षित गरिने उनको भनाइ थियो । लुम्बिनी कोषका उपाध्यक्ष अवधेशकुमार त्रिपाठीले लुम्बिनी नेपालको गौरव भएकाले यसको विकासले मुलुकको आर्थिक विकासमा सहयोग पु¥याउने बताए । बैठकले परिषद्को वार्षिक समीक्षा, योजना तथा आगामी वर्षका लागि बजेट तयार पर्नेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय