‘सूचना प्रणाली’ विमोचित
बुधबार, चैत ०५, २०७६ मा प्रकाशित

ललितपुर, चैत ५ : प्रा डा महेशसिंह कठायत, प्रा डा सुवर्ण शाक्य र प्रा डा गणेश गौतमद्वारा लिखित ‘सूचना प्रणाली’ शीर्षक कृति विमोचन भएको छ । उक्त पुस्तक कक्षा ९ मा इञ्जिनीयरिङ अध्ययन गर्नेदेखि एमईसम्म सबैका लागि उपयुक्त हुने बताइएको छ । चण्डेश्वरी पब्लिकेशन प्रालिबाट प्रकाशित सो पुस्तकमा सूचना प्रणालीको परिचय र यसको उपयोगिता, सूचनाको मौलिक आवश्यकता, सूचनाबाट तथ्याङ्क व्यवस्थापन, सामाजिक सञ्जाल तथा दूरसञ्चार, व्यक्तिगत तथा समूहगत सूचना प्रणाली, व्यवसायका लागि सूचना आदिबारे जानकारी दिइएको छ ।

विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष प्रा डा भीमप्रसाद सुवेदीले उक्त पुस्तक विमोचन गर्दै प्राध्यापक, व्यवस्थापक र इञ्जिनीयरका लागि कृति उपयोगी भएको बताए । क्याम्पस प्रमुख प्रा डा लक्ष्मण पौडेलले सो पुस्तकले यस क्षेत्रमा अध्ययनरत विद्यार्थीलाई निकै सहयोग प्रदान गर्ने अपेक्षा राख्नुभयो । इञ्जिनीयरिङ अध्ययन संस्थानका डीन रामप्रसाद सापकोटा र क्याम्पस प्राध्यापक संघका अध्यक्ष प्रा डा इन्द्र आचार्यले सो पुस्तकबाट मुलुकका यस क्षेत्रमा अध्ययनरत र कार्यरत विद्यार्थी लाभन्वित हुने बताए । विद्युतीय कम्प्युटर इञ्जिनियरीङ प्रमुख प्रा डा सुरेन्द्र श्रेष्ठले यस विषयमा अध्ययनरत विद्यार्थीले पुस्तकको सहायताबाट राम्रो नतिजा प्राप्त गर्न सक्ने आशा व्यक्त गरे ।

पुस्तक लेखक प्रा डा कठायतले आफूले विगतमा सो क्षेत्रमा काम गर्दैजाँदा निकै समस्या भोग्नुपरेको मनन गरी अबका विद्यार्थीले सूचना र व्यवस्थापना क्षेत्रमा सजिलो होस् भन्ने मनसायका साथ पुस्तक प्रकाशन गरिएको जानकारी दिए । लेखक प्रा डा गौतम र प्रा डा शाक्यले सरकारलाई सूचना र प्रविधिका क्षेत्रमा कृति सहयोगी हुने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय