अन्तरराष्ट्रिय पर्वतीय संग्रहालय बन्द
आइतबार, चैत ०९, २०७६ मा प्रकाशित

पोखरा, चैत ९ : कोभिड– १९ को जोखिमका कारण यहाँ रहेको अन्तरराष्ट्रिय पर्वतीय संग्रहालय आजदेखि बन्द गरिएको छ ।

सरकारले २५ जनाभन्दा बढी मानिसको जमघट हुने सांस्कृतिक तथा मनोरञ्जनात्मकस्थल बन्द गर्ने निर्णय गरेसँगै नेपाल पर्वतारोहण संघद्वारा सञ्चालित सो संग्रहालय यही चैत २१ गतेसम्म सूचना टाँस गरेर पूर्णरुपमा बन्द गरिएको संग्रहालयका निर्देशक शंकर गौतमले जानकारी दिए ।

उनले  सो भाइरसका कारण दिनप्रतिदिन संग्रहालय अवलोकन गर्न आउने आन्तरिक एवम् बाह्य पर्यटकको संख्यामा समेत क्रमिकरुपमा घट्दै आएको जानकारी दिँदै संग्रहालय हाताभित्रको सरसफाइ र सुरक्षाका गतिविधि भने यथावत् रहने बताए ।

उपप्रमुख गुरुङद्वारा जग्गाको भाडा छुट दिने घोषणा

कोभिड– १९ को जोखिमका कारण व्यवसाय धराशायी बन्दै गएको भन्दै घर भाडामा छुट दिन एक व्यवसायीले गरेको आग्रहलाई यहाँका एक जनप्रतिनिधिले पुरा गरिदिएका छन ।

पोखरा महानगरपालिकाका उपप्रमुख मञ्जुदेवी गुरुङले वडा नं ६ जरेबरमा आप्mनो नाममा रहेको निजी जग्गाको चैत महिनाको भाडा नलिने घोषणा गरे । सो जग्गाको भाडा प्रतिमहिना ६५ हजार रुपैयाँ रहेको छ । कोरोना भाइरसका कारण आर्थिक क्षेत्र अस्तव्यस्त भएको भन्दै उनले  व्यवसायीलाई राहतस्वरुप एक महिनाको भाडा नलिने निर्णय गरेको जानकारी दिए ।

गाउँ फर्किने अभियान नै चलेसँगै पोखरा रित्तिँदै गएपछि व्यापार–व्यवसायमा आएको मन्दीका कारण घरभाडा, बैंक ब्याजलगायत विभिन्न क्षेत्रमा छुटको माग गर्दै आएका व्यवसायीलाई यस्ता छुटले राहत पुग्ने विश्वास गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय